१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रिय भेट्रान्स कप फुटबलको उपाधि पोखरालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:३५:oo

छैटौँ संस्करणको ‘एट ए साइड’ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि बगरभाइ खलक पोखराले जितेको छ । अघिल्लो वर्षको विजेता पोखराले शनिबार हेटौँडा–४ हुप्रचौरमा भएको फाइनलमा सानो गौचरण काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि रक्षा गर्न सफल भएको हो । 

पोखराका लागि एक मात्र निर्णायक गोल मनोज गुरुङले गरेका थिए । उनले खेलको ४०औँ मिनेटमा गोल गर्दै आफ्नो टिमका लागि उपाधि पक्का गरेका हुन् । फाइनल खेलमा पोखराका नरेश थापा म्यान अफ दी म्याच घोषित भए । विजेता पोखराले उपाधिसहित एक लाख ११ हजार १११ रुपैयाँ र उपविजेता काठमाडौंले ५१ हजार १११ रुपैयाँ प्राप्त गरेका छन् । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पोखराका ईश्वर गुरुङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सानो गौचरणका चुनबहादुर थापा उत्कृष्ट डिफेन्डर, पोखराका गोलरक्षक दिलीप क्षेत्री, मिडफिल्डर राजकुमार केसी, फरवार्ड मनोज गुरुङ, प्रशिक्षक अञ्जन देवकोटा उत्कृष्ट घोषित भए ।

उनीहरूले जनही नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पुरस्कार वितरण गरे । हेटौँडा भेट्रान्सको आयोजनामा भएको प्रतियोगिता ६ माघबाट सुरु भएको हो । प्रतियोगितामा २० टोलीको सहभागिता थियो । 

ad
ad