१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संवैधानिक अस्पष्टता र विवादको निराकरण अदालतले गर्छ : कमल थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:५o:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवादको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । अदालतलाई कुनै पनि पक्षले दबाब र प्रभाव दिन नहुने  थापाको भनाइ छ । 

गृहजिल्ला मकवानपुरमा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा १४ वर्षदेखिको गलत र त्रुटिपूर्ण राजनीतिक मार्गचित्रको अभ्यासले मुलुक गम्भीर दुर्घटनाउन्मुख भएको बताए । 

अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने भन्दै थापाले कसैलाई पनि निषेध गर्न नहुनेमा जोड दिए । आफ्नो स्वार्थसिद्ध गर्न देश, जनता र प्रजातन्त्रलाई दाउमा राख्न नहुने भन्दै थापाले विप्लव माओवादीदेखि राजासम्म अटाउने मौलिक प्रजातन्त्रले मात्र स्थायित्व दिने दाबी गरे । 

भ्रस्टाचार, कुशासन, धर्मपरिवर्तन, बेरोजगारी र सर्वसत्तावाद अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै थापाले राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनकेन्द्रित हुनुपर्ने बताए । जनताको घरदैलोमा जान ढिलो गर्न नहुने भन्दै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनाअनुरूप जिल्लामा संगठनकेन्द्रित हुन आग्रह गरे । 

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा धारणा राखेका थिए । आजको बैठकमा ३० जिल्लाका अध्यक्षहरूको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षहरूको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

ad
ad