१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

२२ हजार भूकम्पपीडितले नयाँ घर बनाए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:o७:oo

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पपछि पाँच वर्ष अवधिमा मकवानपुरका २२ हजार एक सय पाँचजनाले घर निर्माण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रदान गरेको अनुदान रकमबाट उनीहरूले नयाँ घर बनाएका हुन् । 

प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का अनुसार पहिचान भएका ३५ हजार एक सय ८८ पुनर्निर्माण लाभग्राहीमध्ये ३२ हजार आठ सय पाँचजनाले अनुदान सम्झौता गरेका थिए  । अनुदान सम्झौता गरेकामध्ये ३२ हजार आठ सय पाँच अर्थात् ९३ प्रतिशतले प्रथम किस्ता, २७ हजार चार सय तीन अर्थात् ७८ प्रतिशतले दोस्रो किस्ता तथा २३ हजार १२ अर्थात् ६५ प्रतिशतले तेस्रो किस्ता लिएको इकाइ प्रमुख नीमलकिशोर केपीले जानकारी दिए ।

६३ प्रतिशतले बनाएर घर
तेस्रो किस्ता प्राप्त गर्ने ६५ प्रतिशतमध्ये ६३ प्रतिशत अर्थात् २२ हजार एक सय पाँचजनाले घर निर्माण सम्पन्न गरिसकेको इकाइको तथ्यांकमा उल्लेख छ । अनुदान सम्झौता गरेका प्रबलीकरण लाभग्राहीको संख्या १० हजार पाँच सय ६२ छ । तीमध्ये हालसम्म प्रबलीकरणका लागि प्रथम किस्ता लिने १० हजार तीन सय ९३ र दोस्रो किस्ता लिने एक सय २७ जना रहेको केपीले जानकारी दिए । इकाइले बस्ती विकाससम्बन्धी कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको उनले दाबी गरे । तथ्यांकअनुसार जोखिमयुक्त बस्तीमा परेका लाभग्राही २६ घरधुरी छन् भने जोखिम वर्गमा परेका लाभग्राही संख्या ६ सय २७ रहेको छ । 

३१३ विद्यालयमा संरचना निर्माण
यस अवधिमा तीन सय १३ विद्यालयमा संरचना निर्माण गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का प्रमुख बद्री पाठकले चालू आर्थिक वर्ष ०७७/७८ को हालसम्ममा तीन सय १३ विद्यालयका संरचना निर्माण गरिएको जानकारी दिए । ‘तीन सय १३ विद्यालयमा एक हजार ६ कक्षाकोठा, एक सय ४९ शौचालय र ८५ वटा खानेपानीको ट्यांकी निर्माण गरिएको छ,’ उनले भने । 

भूकम्पबाट जिल्लाका चार सय नौ विद्यालय प्रभावित भएका थिए । इकाइ प्रमुख पाठकले संरचना निर्माण गरिएका विद्यालयका सबै संरचना प्रयोगमा आइसकेको बताए । पाठकका अनुसार विद्यालय व्यवस्थापन समिति, जाइका र एडिबीले तय गरेका तीनवटै मोडालिटीका आधारमा तीन सय पाँच विद्यालयमा एक हजार दुई सय २६ कक्षा कोठा निर्माण गरिएको छ । जापान सरकारको ऋण सहयोगमा हालै ११ विद्यालयका लागि एक सय ३२ कक्षाकोठा निर्माण गर्न टेन्डर प्रक्रिया अगाडि बढेको छ । टेन्डरपछि सम्झौता गरेर बाँकी संरचना निर्माणको काम पनि अघि बढाइने जानकारी इकाइले दिएको छ ।

ad
ad