मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएफपी संयुक्त राष्ट्रसंघ
२०७७ माघ ३ शनिबार १५:०१:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना महामारीका कारण विश्वमा आप्रवासनको संख्या घट्यो

Read Time : < 1 मिनेट
रासस/एएफपी संयुक्त राष्ट्रसंघ
२०७७ माघ ३ शनिबार १५:०१:००

कोभिड १९ महामारीका कारण विश्वमा आप्रवासनको अवस्थामा कमी आएको छ । महामारीका कारण विश्वव्यापी रूपमा नै कम्तीमा पनि ३० प्रतिशतले मानिसको बसाइसराइ घटेको पाइएको हो । यो अघिल्लो वर्ष सन् २०१९ को भन्दा धेरै नै कमी
हो । 

संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० मा जम्मा विश्वका २८ करोड १० लाख नागरिक आफ्ना देशबाहिर बसेका थिए । उनीहरूलाई आप्रवासीका रूपमा राष्ट्रसंघीय सो निकायले परिभाषित गरेको छ । शुक्रबार सार्वजनिक गरिएको विश्व आप्रवासन प्रतिवेदन सन् २०२० प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो । प्रतिवेदनमा विश्वमा आप्रवासीका रूपमा बस्न थालेका नागरिकमध्ये २० देशमा सबैभन्दा बढी रहेका छन् । यसमध्ये आप्रवासीहरू सबैभन्दा बढी अमेरिकामा बस्ने गरेका छन् । 

त्यसैगरी, सन् २०२० मा अमेरिकामा मात्र पाँच करोड १० लाख नागरिक आप्रवासीका रूपमा थिए । जर्मनीमा एक करोड ६० लाख , साउदी अरेबियामा एक करोड ३० लाख  र रुसमा  एक करोड २० लाख  र बेलायतमा ९० लाख नागरिक बस्ने गरेका प्रतिवेदनमा उल्लेख छ ।

विश्वमा सबैभन्दा बढी नागरिक बाहिर बस्ने देशमा भारत रहेको छ । सन् २०२० मा मात्र भारतका करिब एक करोड ८० लाख नागरिक विश्वका विभिन्न देशमा बस्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।