Skip This
ब्रेक्जिटको समय ब्रिटेन के सोचिरहेको थियो ?
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
रसेल ब्रान्ड
२o८१ बैशाख २९ शनिबार १o:४६:oo
Read Time : > 3 मिनेट
ad
ad
टर्निङ प्वाइन्ट्स-२०२१ प्रिन्ट संस्करण

ब्रेक्जिटको समय ब्रिटेन के सोचिरहेको थियो ?

Read Time : > 3 मिनेट
रसेल ब्रान्ड
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:४६:oo
रसेल ब्रान्ड

ब्रेक्जिटका लागि जनमतसंग्रह भएको चार वर्षपछि पनि अझै हामीले यो शब्दको अर्थ बुझेका छौँ त ? युरोपेली संघबाट ‘ब्रिटेन’को ‘एक्जिट’(बहिर्गमन) अन्ततः यस वर्षको जनवरी ३१ मा पूरा भयो । यस प्रकरणलाई विश्ववादको प्रगतिशील सपनामाथिको प्रहार वा राष्ट्रवादतर्फको फिर्तीका रूपमा व्याख्या गरिँदै छ । विश्वलाई कोरोना भाइरसले सधैँका लागि बदलिदिएको सन्दर्भमा केन्द्रीकरण तथा संघीयताका आदर्शलाई कसरी हेरिनेछ, हेर्न बाँकी नै छ । 

ब्रिटेनमा सन् २०१६ को जनमतसंग्रहले उजागर गरेको फाटोलाई यस वर्षको सुरुमा छाएको कोरोना भाइरसको छायाले केही हदसम्म सम्याएको छ । कोरोना भाइरस महामारीमाझ ब्रिटनेको निःशुल्क राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले आमासमान प्रतिष्ठा हासिल गर्‍यो । जर्ज अरवेलका कुनै उपन्यासमा देखाइने रितको झल्को दिने गरी ब्रिटिस नागरिक प्रत्येक बिहीबार रातको ८ बजे बाल्कोनी र ढोकामा उभिएर देशका स्वास्थ्यकर्मीको सम्मानमा ताली बजाउन थाले । यो अनौठोजस्तो लाग्ने कार्य खासमा स्वास्थ्यकर्मीप्रति सम्मान देखाउने असल मनसायले गरिएका थिए । 

यो ऐक्यबद्धता प्रदर्शन मेमा आएर एक्कासि मत्थर भयो । यसमा एक राजनीतिक विवादले ठूलो भूमिका खेल्यो । मेमा प्रधानमन्त्री बोरिस जोनसनका ‘लाल दाहिने हात’ मानिने डोमिनिक कमिङ कोभिड– १९ बिरामी हुँदा सयौँ माइल टाढा परिवारको फार्ममा गएको सार्वजनिक भयो । कमिङको साथमा उनकी संक्रमित श्रीमती पनि थिइन् । यिनीहरू मार्चको अन्तिममा लन्डनबाट त्यति लामो यात्रामा निस्केका थिए, खबर दुई महिनापछि बाहिरिएको छ । त्यो समय अधिकांश ब्रिटिस नागरिकले देशव्यापी रूपमा लागू कडा क्वारेन्टिन नियम धार्मिक अनुष्ठानजसरी पालना गरिएका थिए । 

यो प्रकरणमा ब्रेक्जिटको विवाद जोडियो । डोमिनिक कमिङ ब्रिटेनलाई युरोपेली संघबाट बाहिर निकाल्नुपर्ने तर्क गर्ने नेताहरूमध्ये पनि सबैभन्दा चर्का थिए । संघमा बस्नुपर्ने पक्षमा मत दिएकाहरूले आक्रोशित र आक्रामक भाषामा कमिङको आलोचना गर्न थाले । ब्रेक्जिटकै विषय पनि चर्चा हुन थाल्यो । संघ छाड्नुपर्ने पक्षमा मत दिएकाहरू ब्रेक्जिटको समर्थनमा अगाडि आए । यस क्रममा लकडाउनलाई थप गम्भीर नलिने भन्नेमा भने दुवै पक्षमा सहमति देखियो । 

‘भूगोल छानेर पाइँदैन’ ब्रिटेनका पुराना चिर दुस्मन नेपोलियन बोनापर्टले भनेका यी कुरा ब्रिटेनलाई सबैभन्दा बढी लागू हुन्छ । ब्रिटेन एउटा टापु हो । ब्रिटेन मूल युरोपेली भूमिसँग भौतिक रूपमा जोडिएको छैन । युरोप महादेशसँगको सम्पर्क सोचमा मात्र सीमित छ, जमिनमा होइन । भौतिक सम्पर्कको प्रयासमा विभिन्न समस्या देखिए । फ्रान्स र ब्रिटेनबीचको पानीमुनिको टनेलको चर्चा धेरै पहिलेदेखि भए पनि निर्माण निक्कै ढिलो गरी भयो । सन् १९८० मा निर्माण सम्पन्न भएको यो परियोजना निर्माण ढिलो हुनुमा ब्रिटेन र फ्रान्सबीचको भिन्नताले काम गरेको थियो । 

बाह्य युरोपियन शक्तिविरुद्धको प्रतिरोध ब्रिटिस मिथकको दोहोरिरहने विषय हो । ब्रिटिसहरू युरोपियन शक्तिसँगका युद्ध, प्रतिबन्ध, प्रतिष्ठित हार र सहकार्यका धेरै मिथक सुन्दै हुर्कन्छन् । देशभित्र द्वन्द्वमा भने विगतदेखि नै हाम्रो प्रभावकारी तथा कठोर वर्ग प्रणाली हाबी देखिन्छ ।

ब्रिटिसहरू एक–अर्काविरुद्ध लामो समयपछि ब्रेक्जिटको समयमा उत्रिएका थिए । निश्चित रूपमा सन् १६४९ मा राजा चाल्र्स प्रथमको घाँटी काटिएको थियो, तर त्यसले निम्त्याएको अराजकता छोटो रह्यो । ११ वर्षपछि घाँटी काटिएर राजाका छोरा पुनः सत्तामा आए । 

हामी ब्रिटिसहरू सामान्यतया क्रान्ति ‘गर्दैनौँ’, यदि गरिहाल्यौँ भने तिनले शक्ति पुनर्वितरण गर्दैनन्, झन् सबल बनाइदिन्छन् । सन् १३८१ को किसान क्रान्ति यसको नेताको टाउको काटिएपछि सकिएको थियो । सन् १६८८ को गौरवशाली क्रान्तिले एक विदेशी कुलीन (जेम्स द्वितीयकी डच ज्वाइँ)को हातमा शक्ति हस्तान्तरण गथ्र्यो । फरक यति थियो उनले विस्थापित घरेलु कुलीन (जेम्स द्वितीय)ले भन्दा जिजसलाई फरक रूपमा मान्थे । ब्रिटिस भूमिमा भएको औद्योगिक क्रान्तिले श्रमिक वर्गको शोषणलाई यान्त्रीकरण मात्र गरिदियो । हाम्रो वर्गीकृत संस्कृतिले हामीलाई हाम्रो सीमित घेरामा कैद राखिदिन्छ ।

ब्रेक्जिट जनमतसंग्रहले मतदातालाई युरोपमा बस्ने र छाड्ने दुई विकल्प दिएकोजस्तो लागे पनि यथार्थ अर्कै रह्यो ः विकल्प संस्थापनलाई रोज्ने कि नरोज्ने थियो । जनमतसंग्रहबारे यो समस्याग्रस्त बुझाइ विकास हुने काम विगतमा आमब्रिटिस जनताको सहभागितामा क्षति पुर्‍याएपछि झनै सहज हुन पुग्यो । सन् १९९० को दशकमा टोनी ब्लेयरले लेबर पार्टीलाई नवउदारवादी, संस्थापन पक्षधर पार्टीका रूपमा प्रस्तुतबाट यसको सुरुवात भएको थियो । यो अवधिमा ब्रिटिस वामपन्थीको उद्देश्य श्रमिक वर्गका लागि आर्थिक समानता प्रदान गर्नेभन्दा पनि आर्थिक कन्जरभेटिजम पछ्याउने देखियो । 

कोरोना भाइरसअघि पनि हामीहरू सबै नग्न व्यक्तिवादमा कैद (क्वारेन्टिन) थियौँ । भाइरसको नियन्त्रणमा बस्नुपरेको एकान्तवासभन्दा व्यक्तिवादको एकान्तवाद विशाक्त हुन्छ ।

यो बेइमानीपछि श्रमिक वर्गमा उब्जिएको समानताको चाहनाले राष्ट्रवादको उदय गरायो । जुन अन्ततः ब्रेक्जिटको समर्थनका रूपमा बाहिरियो । ब्रेक्जिट चुनावमा श्रमिक वर्गको प्रतिनिधित्व गर्न बनेको पार्टी नै ब्रिटिस झन्डा तथा प्रतीक परित्याग गर्न आह्वान गरिरहेको थियो । विगतमा त्यागका लागि उत्प्रेरित गर्ने यो झन्डाको परित्यागको माग नै संघमा बस्नुपर्ने पक्षधरको हारको कारण बन्यो । लेबर नै आर्थिक समानताको साटो सांस्कृतिक पक्षमा केन्द्रित भए पनि श्रमिकहरू ब्रेक्जिट पक्षधरको पछि लागे । 

मेरो पृष्ठभूमि पनि श्रमिक वर्ग हो, त्यसैले मलाई यो वर्गको प्रतिरक्षा गर्नु नै जिम्मेवारीबोध भयो । अहिले श्रमिकको मानमर्दनमा भनिएजस्तै यो वर्ग पूर्वाग्रही र पिछडिएको छजस्तो लाग्दैन । उनीहरूलाई धोका भएको ज्ञान भएको छ । आज राजनीति काम कम बोली बढी गरिने विषय बनेसँगै विश्वव्यापी अनलाइन सञ्चारमाध्यमको सहयोगमा असन्तोष र विभाजन सजिलै निर्माण गर्न सकिन्छ । 

महामारी र ब्रेक्जिटपछिको ब्रिटेनमा देखिएको सामाजिक खण्डीकरणपछि माथिल्लो वर्गको मात्र सेवा गर्ने केन्द्रीकृत प्रणालीले काम नगर्ने प्रस्टियो । चाहे यो समूह पपुलिस्ट हुन् वा लिबरल–प्राविधिक प्रकृतिकै किन नहुन् । ब्रिटेनमा साँच्चैको राजनीतिक विकल्पको आवश्यकता छ । तब मात्र साँचो परिवर्तन आउँछ । अहिलेको दुई दलीय लोकतन्त्रले त्यस्तो काम गर्न सकेको देखिएको छैन । 

कोरोना भाइरसअघि पनि हामीहरू सबै नग्न व्यक्तिवादमा कैद (क्वारेन्टिन) थियौँ । भाइरसको नियन्त्रणमा बस्नुपरेको एकान्तवासभन्दा व्यक्तिवादको एकान्तवाद विशाक्त हुन्छ । त्यस मानसिक पहिचानभित्र कैद भएपछि मानिस बाह्य चाहनाको क्षणिक तुष्टिमा बाहेक अन्य कुनै कुरामा विश्वास नगर्ने देखिएको छ । हामीबीच यथार्थपरक महसुस गर्न सकिने एकता कायम गर्ने हो भने यो विभाजनलाई नाघ्न सक्नुपर्छ । खुम्चिने कि त्याग्ने भन्ने विकल्प हामीसँग छ । 

कमेडियन तथा अभिनेता रसेल ब्रान्ड लेखक तथा पडकास्ट प्रस्तोता पनि हुन् । उनको ‘रिकभरी फ्रम आवर अडिसन्स’ किताब प्रकाशित छ भने उनी साप्ताहिक पडकास्ट ‘अन्डर द स्किन’का प्रस्तोता हुन् । 

ad
ad