Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ १ बिहीबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० महिनापछि अन्नपूर्ण आधार शिविर र घान्द्रुक पर्यटकका लागि खुला

Read Time : > 1 मिनेट
२०७७ माघ १ बिहीबार ०९:०२:००

विश्वकै उत्कृष्ट १० पदयात्रा गन्तव्यमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण आधार शिविर र पर्यटकीय गाउँ घान्द्रुुक १ माघबाट पर्यटकका लागि खुला गरिएको छ । कोरोना संक्रमणका कारण आन्तरिक एवं बाह्य पर्यटकका लागि बन्द गरिएको दुवै क्षेत्र करिब १० महिनापछि पर्यटकका लागि खुल्ने भएका हुन् ।  

चक्रीय अन्नपूर्ण पदयात्रामा जाने अधिकांश पर्यटक घान्द्रुुक र अन्नपूर्ण आधार शिविरसम्म पुग्छन् । कोरोना संक्रमणको दर केही कम भएसँगै स्वास्थ्य सतर्कताको पालना गर्दै पर्यटकका लागि खुला गरिएको अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुुकका अध्यक्ष ललित गुरुङले जानकारी दिए ।

आसपासका पर्यटकीय क्षेत्रहरू पर्यटकका लागि खुल्ला भइसकेको अवस्थामा दुई स्थान मात्र बन्द रहदा अन्य पर्यटन व्यवसायीहरूले समेत खुला गर्न आग्रह गरेको उनले बताए । घान्द्रुक हुँदै पर्यटकहरू छोमरुङ, हिमालय, देउराली, माछापुच्छ्रे  आधार शिविर हुँदै अन्नपूर्ण आधार शिविरसम्म पुग्ने गर्दछन् ।

यसै गरी घान्द्रुक हुँदै पर्यटक टाढापानी, देउराली हुँदै म्याग्दीको घोरेपानीसम्म पुग्छन् । घोरेपानी पुग्ने अन्य वैकल्पिकमार्ग भए पनि अधिकांश पर्यटकहरू घान्द्रुुकको बाटो हुँदै जाने अध्यक्ष गुरुङले जानकारी दिए । बन्द घोरेपानी १ पुसदेखि खुलेपानी घान्द्रुुक बन्द हुँदा पर्यटकहरू त्यस मार्गबाट आउजाउ गर्न सकेका थिएनन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने समुद्र सतहदेखि १९५० मिटरको उचाइमा घान्द्रु्रुक रहेको छ । पोखराबाट करिब ५५ किलोमिटरको दूरीमा रहेको घान्द्रुकलाई सिएनएनले करिब ढेड वर्षअघि एसियाका सुरम्य १३ गन्तव्यको सूचीको ११औँ नम्बरमा राखेको थियो । घान्द्रुकमा वार्षिक करिब एक लाख बाह्य तथा आन्तरिक गरी सात लाख पर्यटक आउँछन् ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङका अनुसार घान्द्रुक भ्रमणमा आएका पर्यटकलाई ज्वरो आएमा आइसोलेसन घरसँगै २४सै घन्टा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । अन्नपूर्ण क्षेत्रमा पर्ने मुक्तिनाथ मन्दिर २१ पुसदेखि र अर्को प्रमुख पर्यटकीय गन्तव्य मनाङ, तिलिचो ताल यसअघि नै खुला भइसकेका थिए ।