१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टर्निङ प्वाइन्ट्स् न्युयोर्क
२o८१ बैशाख ३१ सोमबार २o:३o:oo
Read Time : > 10 मिनेट
ad
ad
Read Time : > 10 मिनेट
टर्निङ प्वाइन्ट्स् न्युयोर्क
नयाँ पत्रिका न्युयोर्क
२o८१ बैशाख ३१ सोमबार २o:३o:oo

जनवरी : चीनमा अधिकारीले वुहानलाई लकडाउन गरे 

(तस्बिर : नोयल सेलिस/एएफपी–गेटी इमेजेज)

जनवरी अन्तिममा, चिनियाँ अधिकारीले कोरोना भाइरसको उद्गम मानिएको वुहानबाट बाहिरिने सवारीसाधनमाथि रोक लगाए । त्यसवेलासम्म, कोभिड–१९ विश्वभर फैलिसकेको थियो । १.१ करोड मानिस बसोवास रहेको प्रमुख औद्योगिक र व्यावसायिक हब वुहान पूर्ण रूपमा सिल भयो । लकडाउन लगाउनुअघि अधिकारीले वुहान आउने, जाने कार्य रोक्न अनुरोध गरेका थिए । तर, नयाँ वर्षको यात्रा सुरु हुनु केहीअघि सरकारले अचानक लकडाउन ग¥यो । विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय स्वास्थ्यविज्ञले वुहानमा लागू भएको कदमलाई उचित बताएका थिए । तथापि, चिनियाँ नेताले प्रकोपको स्तरलाई सुरुमा लुकाएको कुराले विश्वभर आलोचना खेप्यो । 

जनवरी : ब्रिटेनले औपचारिक रूपमा युरोपेली संघ छाड्यो 

(तस्बिर : एन्ड्र्यु टेस्टा/द न्युयोर्क टाइमस)

नवरी ३१ मा ब्रसेल्समा मध्यरात र ब्रिटेनमा रातको ११ बजे ब्रिटेनले औपचारिक रूपमा युरोपेली संघ परित्याग ग¥यो । ब्रिटेन ४७ वर्षदेखि संघको सदस्य रहँदै आएको थियो र तीन वर्षअघिको जनमतसंग्रहमा संघबाट बाहिरिने निर्णय गरेको थियो । ब्रिटिस प्रधानमन्त्रीको सरकारी आवास टेन डाउनिङ स्ट्रिटमा एक काउन्टडाउन घडी राखिएको थियो । झन्डा बोकेका केही ब्रेक्जिटका समर्थकले पार्लियामेन्ट स्क्वायरमा संघबाट बेलायत बाहिरिएको खुसी मनाएका थिए । तर, दुःख व्यक्त गर्न भेला भएका मानिस पनि देखिएका थिए । संघबाट बेलायत बाहिरिनुपर्ने पक्षका सबैभन्दा बलिया समर्थकमध्ये एक प्रधानमन्त्री बोरिस जोनसनले राष्ट्रलाई सम्बोधन गर्ने क्रममा देशले ‘नयाँ युगमा प्रवेश गर्ने’ आशा व्यक्त गरे । युरोपियन नेताले ब्रिटेनको बहिर्मगनले युरोपेली संघमा महŒवपूर्ण सुधारको माग गरेको बताए । 

फेब्रुअरी : पूर्वी अफ्रिकामा सलह आतंक 

(तस्बिर : खदिजा फराह/द न्युयोर्क टाइम्स)

ब्रुअरीमा, सोमालियाले पूर्वी अफ्रिकामा विध्वंश मच्चाइरहेको सलहका कारण संकटकाल घोषणा ग¥यो । एउटा सहरको सम्पूर्ण आकाश नै छोप्ने गरी समूहमा उडेको देखिएका घुमन्ते किरा सलहले करोडौँ मानिसका खाद्य आपूर्ति जोखिममा प¥यो । प्रकोपले सबैभन्दा धेरै प्रभावित केन्याको कृषि क्षेत्रमा ७० वर्षयताकै ठूलो प्रभाव प¥यो । वैज्ञानिकहरूले सलहको वृद्धिमा जलवायु परिवर्तनसम्बन्धी कारक जिम्मेवार रहेको बताएका छन् । वैज्ञानिकका अनुसार जलवायु परिवर्तनका कारण हिन्दमहासागर तात्दा वर्षा बढ्न थालेको छ र यसले सलहको प्रजनन र विस्तारलाई उपयुक्त स्थिति उत्पन्न गराएको छ । 

फेब्रुअरी : नयाँ दिल्लीका मुसलमानविरुद्ध हिंसा भड्कियो 

(तस्बिर : द न्युयोर्क टाइम्सका लागि अतुल लोक)

ब्रुअरीको अन्तिमतिर नयाँदिल्लीमा हिन्दू र मुलसमानबीच झन्डै एक हप्ता हिंसा भड्कियो । हिंसामा ५३ मानिसको मृत्यु भयो भने २०० जना घाइते भए । भारतको सत्तारुढ दल भाजपाका एक नेता कपिल मिश्रको भडकाउ भाषणको केही घन्टापछि हिंसा भड्किएको थियो । मिश्रले सन् २०१९ को नयाँ नागरिकता कानुनको विरोध गर्ने आन्दोलनकारीलाई धपाइने बताएका थिए । हिंसात्मक दंगाका अधिकांश पीडित मुसलमान भए पनि अधिकारीले भने मुसलमान नेतामाथि अनुसन्धानकेन्द्रित गरे । यस प्रकरणमा प्रहरी अधिकारी विवादित बने । हिंसा सम्बन्धमा मिश्रविरुद्ध मुद्दा दायर नगरेको र हिंसाका क्रममा प्रहरी स्वयं नै मुसलमानविरोधी समूहहरूलाई सघाएको आरोप लाग्न पुग्यो । 

मार्च : मेक्सिकोका महिलाले लैंगिक हिंसाको विरोधमा र्याली तथा हडताल 

(तस्बिर : द न्युयोर्क टाइम्सका लागि लुई एन्टोनियो रोजास

मार्च ८ को अन्तर्राष्ट्रिय महिला दिवसको दिन मेक्सिकाभरमा लाखौँ महिला सडकमा निस्किएर आफूले भोग्नुपर्ने हिंसाको विरोध गरे । सुरुमा प्रदर्शन शान्तिपूर्ण थियो, तर केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । भोलिपल्ट, हजारौँ महिलाले देशव्यापी हडतालको आह्वान गरे । उनी काममा गएनन्, सार्वजनिकस्थलमा पनि निस्किएनन् र कुनै सामग्रीसमेत किनेनन् । यस विरोधको उद्देश्य महिलाविनाको एक दिन कस्तो हुन्छ, महसुस गराउनु थियो । मेक्सिकोमा महिला तथा युवतीको हत्याको दर सन् २०१५ यता १३७ प्रतिशतले बढेको अनुमान छ । 

मार्चः कोरोना भाइरसका कारण युरोप बन्द हुन सुरु

(तस्बिर : आन्ड्रिया मन्टोभानी/न्युयोर्क टाइम्स) 

मार्च ९ मा इटालीले कोरोना भाइरस प्रकोपविरुद्ध युरोपमा पहिलोपटक देशव्यापी लकडाउन सुरु ग¥यो । मार्च १८ सम्ममा युरोपमा चीनमा भन्दा धेरै कोरोना भाइरस संक्रमित तथा मृतकको गणना भयो । बिस्तारै एकपछि अर्को युरोपेली मुलुकले भाइरसको विस्तार रोक्न लकडाउन वा आवागमनसम्बन्धी अन्य नियन्त्रणको उपाय अवलम्बन गर्न सुरु गरे । यसमा स्पेन, फ्रान्स, जर्मनी र बेलायतसमेत थिए । 

अप्रिलः कोरोना भाइरसका कारण डच टुलिप किसानले आफ्नो फूल नष्ट गर्न बाध्य भए 

(तस्बिर : इल्भी जियोकिक्जियन/द न्युयोर्क टाइम्स) 

कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सुस्तताले अप्रिलसम्ममा पूmलको बिक्री ह्वात्तै घट्यो । जसका कारण नेदरल्यान्डका टुलिप किसानले ४० करोड पूmल र १४ करोड डाँठ नष्ट गर्न बाध्य भए । सामान्यतया इस्टर, मदर्स डे र अन्तर्राष्ट्रिय महिला दिवस पर्ने मार्चदेखि मेमहिनाबीच डच पूmल उद्योगको मुख्य व्यापार हुन्छ । यस अवधिमा औसतमा दैनिक तीन करोड डलरको पूmल बिक्री हुन्छ । कोरोना भाइरसको विस्तार रोक्न नेदरल्यान्डमा मध्यम खालको कडाइ गरिएकाले धेरै पूmल पसल खुलेका थिए । तर, पनि मागमा उलेख्य ¥हास आयो र विदेश पूmल बिक्री गर्ने किसानले सबैभन्दा ठूलो घाटा व्यहोरे । 

अप्रिल : भर्चुअल रमादान

(तस्बिर : अलेक्ज्यान्ड्रा रदु/द न्युयोर्क टाइम्स)

कोभिड–१९ महामारी नियन्त्रण गर्न लकडाउन तथा समाजिक दूरी लागू भएको मध्य–अप्रिलमा मुसलमान धर्मावलम्बीको पवित्र महिना रमादानको सुरु भयो । मुसलमान बहुल मुलुकमा सरकारले सामूहिक प्रार्थनामा बन्देज लाए । मानिसहरूलाई रमादान भर्चुअल माध्यमबाट मनाउन आग्रह गरियो । मुसलमान धर्मका सबैभन्दा पवित्र धार्मिकस्थलहरू साउदी अरबका मक्का र मदिना र जेरुसेलमको अल–अक्सा मस्जिदहरू प्रार्थना गर्न बन्द गरिएको थियो । 

मे :  हङकङमा प्रदर्शनकारीले चीनको राष्ट्रिय सुरक्षा योजनाको विरोध गरे

(तस्बिर : ल्याम यिक फेई/न्युयोर्क टाइम्स)

अघिल्लो वर्ष महिनौँसम्म हङकङमा भएको सरकारविरोधी प्रदर्शनले आंशिक रूपमा स्वशासित सहर तरंगित भइरह्यो । प्रहरीले अश्रुग्यास, रबर बुलेट र पानीको फोहोरा हाने । १८० जनाभन्दा बढी पक्राउ परे । प्रदर्शनकारीले हङकङमाथि नियन्त्रण बढाउने बेइजिङको प्रस्तावको विरोध गर्न सामाजिक दूरीको नियम अवज्ञा गरे । सहरका धेरै बासिन्दाले यो नियमले तिनको नागरिक अधिकार कुल्चने डर व्यक्त गरेका छन् । 

मे : जर्ज फ्लोइडको हत्यापछि नश्लीय न्यायको माग गर्दै अमेरिकभर राष्ट्रव्यापी प्रदर्शन सुरु 

(तस्बिर : एलिसा क्कुकर/द न्युयोर्क टाइम्स)

मे २५ मा मिनियापोलिसमा एक अश्वेत पुरुष जर्ज फ्लोइडको हत्याको विरोधमा अमेरिकाभर लाखौँ मानिस सडकमा निस्किए । प्रदर्शनमा नश्लीयवादी व्यवहार तथा प्रहरी दमनको विरोध भएको थियो । फ्लोयडको पक्राउ गर्दाको भिडियो सामाजिक सञ्जालमा भाइरस भएको थियो । भिडियोमा फ्लोयड भुइँमा लडाएर प्रहरी अधिकारीले घाँटीमा घुँडा राखेको देखिन्छ । कयौँ मिनेट र प्रहरीको यस कार्यबाट फ्लोयड बेहोस् भएकोजस्तो देखिन्छ । घटनामा संलग्न चारजना प्रहरी अधिकारी कामबाट बर्खास्त भए र उनीहरूलाई अञ्जानवश मानवहत्याको मुद्दा चल्यो । फ्लोयडको मृत्युमा कैयौँ राज्यमा सुरु भएको प्रदर्शनमध्ये कैयौँ हिंसात्मक बन्यो । परिणामस्वरूप कैयौँ सुधारका लागि दबाब बन्यो । 

जुन : समलिंगी तथा ट्रान्सजेन्डर श्रमिकका लागि ऐतिहासिक जित

(तस्बिर : ब्रेन्डन म्याक्डेरर्मिस/रोयटर्स)

जुन १५ मा अमेरिकी सर्वोच्च अदातलले एलजिबिटी समानतासम्बन्धी आन्दोलनले लामो समयदेखिको माग पूरा गरिदियो । अदालतले १९६४ को सिभिल राइट्स एक्टले समलिंगी तथा ट्रान्सजेन्डर श्रमिकको पनि प्रतिरक्षा गर्ने घोषणा गरिदियो । यो निर्णयअघि अमेरिकाका आधाभन्दा बढी राज्यमा, यौनिक अभिमुखीकरण वा लैंगिक पहिचानका कारण कामबाट निकाल्न सकिन्थ्यो । अदालतसँग समलिंगी तथा ट्रान्सजेन्डर श्रमिकविरुद्ध निर्णय गर्न आग्रह गरेको ट्रम्प प्रशासनको हारका रूपमा हेरिएको यो ऐतिहासिक निर्णयपछि समलिंगी अभियानकर्मीले दशकौँदेखि माग गरेको एक लक्ष्य पूरा भयो । 

जुन : प्रदर्शनप्रति युरोपमा ऐक्यबद्धता

(तस्बिर : जियोफ्री भ्यान डेर हसेल्ट/एएफपी–गेटी इमेजेज)

जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा सुधारको माग गर्दै भएका आमप्रदर्शनको समर्थन धेरै युरोपेली सहरमा पनि देखियो । जुनमा हजारौँ प्रदर्शनकारीले अमेरिकी अभियन्ताको समर्थन तथा नश्लवाद तथा प्रहरी अधिकारीको दमनको विरोधमा सडकमा निस्किए । पेरिस तथा लन्डनमा प्रदर्शनकारीले ‘हामी सबै जर्ज फ्लोयड’ र ‘ब्ल्याक लाइभ म्याटर’जस्ता नारा बोकेका थिए । प्रदर्शनकारीले आफ्नै देशका प्रहरी दमनका प्रसंगहरू पनि उप्काएका थिए । कैयौँ स्थानमा पूर्वउपनिवेशकर्ताका सालिकहरू ढालिए वा मुखमा कालो पोतियो । प्रदर्शनकारीले लामो समयदेखि सम्बोधन हुन नसकेका विभेद र प्रणालीगत नश्लीयतालाई सम्बोधन गर्न आग्रह गरे । 

जुलाई : मनसुनको वर्षाले बंगलादेशमा ठूलो विध्वंश 

(तस्बिर : मोहम्मद पोनिर हुसेन/रोयटर्स)

जुलाईको अन्त्यसम्ममा दक्षिण एसियाली क्षेत्रमा आउने मनसुनले बंगलादेशका चार भागको एक भाग डुबाउने वर्षा ल्याएको थियो । देशभर बाढीले दर्जनाँै मानिसको ज्यान लियो भने लाखौँ मानिस घरबाट विस्थापित भए । कैयौँ घर बाढीले बगायो भने । कैयौँ ठाउँमा खाद्य आपूर्तिले ठप्प भयो । जनवरीदेखि सेप्टेम्बरबीच भारतीय उपमहाद्वीपमा पर्ने मनसुन वर्षा यस क्षेत्रको कृषिका लागि अत्यन्त महत्वपूर्ण हुन्छ । तथापि, पछिल्लो समय, तिनले गम्भीर बाढी निम्त्याउने गरेको छ । यसबाट सबैभन्दा बढी प्रभावित साढे १६ करोड जनसंख्याको देश बंगलादेशका होचो क्षेत्र प्रभावित हुने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनको वृद्धिसँगै वर्षाको स्तरमा वृद्धि र त्यसबाट बाढीको शैली बदलिने बताएका छन् । 

जुलाई : फ्रान्सले बिक्री नभएका वाइनलाई ह्यान्ड स्यानिटाइजरमा बदल्यो 

(तस्बिर : दिमित्री कोस्टयुकोभ/द न्युयोर्क टाइम्स)

कोभिड–१९ र ट्रम्पको करका कारण घट्दो व्यवसायमाझ फ्रेन्च वाइन निर्माताले तिनका अतिरिक्त उत्पादन डिस्टिलरी पठाउने कठिन निर्णय गरे । त्यहाँ युरोपेली संघ तथा फ्रेन्च सरकारी अनुदानमा वाइनलाई अल्कोहलमा बदलियो । जुन स्यानिटाइजरका रूपमा प्रयोग गर्न मिल्थ्यो । जुलाईमा ट्यांकरले अल्स्याक क्षेत्र एक्लैबाट झन्डै ६० लाख लिटर वाइन उठाएको थियो । वाइन निर्मातालाई लिटरको एक डलर क्षतिपूर्ति दिइएको थियो ।

अगस्ट : बेइरुतको खतरनाक विस्फोटपछि राजनीतिक परिवर्तनको माग

(तस्बिर : हनाह म्याके/रोयटर्स)

अगस्टमा लेबनानको राजधानी बेइरुतको बन्दरगाहमा दुई शक्तिशाली विस्फोट भयो । कम्तीमा १९० जनाको ज्यान गयो र हजारौँ घाइते भए । पहिलो विस्फोटको केही सेकेन्डभित्रमा दोस्रो विस्फोट भएको थियो । अधिकारीका अनुसार बन्दरगाहमा राखिएको हजारौँ टन एमोनियम नाइट्रेट्मा आगो लाग्दा सो विस्फोट भएको थियो । विस्फोटमा भूकम्पजस्तो तरंग आएको थियो, जसबाट झन्डै धेरै टाढासम्म मानिस थर्किएर लडेका थिए । धेरै लेबनानी नागरिकले विस्फोटलाई देशमा व्याप्त भ्रष्टाचार तथा नेतृत्वको लापरबाहीको अभिव्यक्तिका रूपमा बुझे । विस्फोटपछि प्रदर्शनकारीले दैनिकजसो प्रदर्शन गरे । कैयौँ स्थानमा प्रहरी तथा आन्दोलनकारीबीच द्वन्द्व भयो । विस्फोटपछि प्रधानमन्त्री हसन डियाब र उनको मन्त्रीमण्डलले राजीनामा दियो । 

अगस्ट : जापानले एक शताब्दी पुरानो क्यारसेललाई बिदा गर्यो 

(तस्बिर : नोरिको हायासी/द न्युयोर्क टाइम्स)

टोकियोको तोसिमाएन अम्युज्मेन्ट(मनोरञ्जन) पार्क अगस्टमा बन्द भएपछि, त्यहाँ रहेको ११३ वर्षको क्यारसेल गोदाममा थन्कियो । अल डोराडो सन् १९०७ मा जर्मन मेकानिकल इन्जिनियरले डिजाइन गरेका थिए र यो सन् १९६९ मा जापान लगिएको थियो । अल डोराडो जापानमा सांस्कृतिक सम्पदा मानिने गरी पुरानो नभएकाले यसको संरक्षण नहुने हो कि भन्ने ऐतिहासिक संरक्षणविद्को चिन्ता छ । 

सेप्टेम्बर : चीनको एउटा सहरका ट्याक्सी ड्राइभरलाई ट्याटु प्रतिबन्ध

(तस्बिर : ल्याम यिक फेई/द न्युयोर्क टाइम्स)

सेप्टेम्बरमा चीनको उत्तर–पश्चिम सहर लान्झाउको यातायात समितिले ट्याक्सी ड्राइभरमाथि लगाइएको ट्याटु प्रतिबन्ध उल्टाउन अस्वीकार गर्यो । चालकहरूले यो कदम विभेदकारी भएको बताउँदा पनि अधिकारीहरूले निर्णय बदलेनन् । अगस्टमा लागू भएको यो नियम खासमा सहरका ड्राइभरको छवि सुधार्न लागू गरिएको थियो । अधिकारीले ट्याटु भएका चालकको गाडीमा बसेका बालक तथा महिला यात्रुले असहज मान्ने तर्क दिएका छन् । ट्याटु लगाइसकेका चालकलाई पनि ट्याटु हटाउन भनिएको छ । चीनमा देशव्यापी रूपमा ट्याटुको लोकप्रियता घटाउने अभियान चलेको छ । चीनमा ट्याटुलाई अपराधसँग जोडेर हेरिने भएकाले यसलाई त्यति मानिँदैन, तथापि युवाहरूमा यसको लोकप्रियता बढ्दै गइरहेको देखिन्छ । 

सेप्टेम्बर : विद्यालय बन्द हुन थालेपछि विकासोन्मुख देशका बालबालिकाले काम गर्नुपर्ने बाध्यता

(तस्बिर : इरिन बर्लिएन/द न्युयोर्क टाइम्स)

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले कोभिड–१९ महामारीका कारण दुई करोड ४० लाखभन्दा बढी विद्यार्थीले विद्यालय छाड्ने बताएका थिए । विकासोन्मुख देशका करोडौँ विद्यार्थीहरूको इन्टरनेटमा पहुँच नभएकाले महामारीमाझ पढाइ अवरुद्ध भयो । त्यस्तै, कैयौँ बालबालिकाले घरपरिवारलाई सघाउन गैरकानुनी र खतरनाक काम गर्नुपर्यो । इन्डोनेसियामा कम्तीमा आठ वर्षसम्मका बालबालिकाले पैसा माग्न शरीरभरि सिल्भर लगाएर मूर्ति बनेर बाटोमा बसेको देखियो । विद्यालय बन्द भएपछि भारतमा बालश्रम वृद्धि भयो । अर्का युनिसेफका उच्च अधिकारीले महामारीका कारण वर्षौँका उपलब्धि गुम्न सक्ने बताए । 

अक्टोबर : अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना–१९ संक्रमित

(तस्बिर : एना मनिमेकर/द न्युयोर्क टाइम्स)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २ मा एक ट्विट् गर्दै आफू र मेलानियालाई कोराना भाइरस संक्रमण भएको खुलासा गरे । ट्रम्पलाई उपचारका लागि वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर लगियो । त्यहाँ रहँदा पनि उनले निरन्तर काम गरे । लामो समयसम्म ट्रम्पले कोभिड–१९ खासै जोखिमपूर्ण नभएको बताउँदै आएका थिए । उपचारपछि ह्वाइट हाउस फर्केपछि पनि उनले आफ्नो बोलीवचन फेरेनन् । 

अक्टोबर : किर्गिजस्तानमा अस्थिरता

(तस्बिर : भ्याचेस्लाभ ओसेलेड्को/एएफपी–गेटी इमेजेज)

अक्टोबर ४ मा सम्पन्न संसदीय निर्वाचनमा जालझेल भएको विरोधमा किर्गिजस्तानको राजधानी विस्केकमा प्रदर्शनकारी सडकमा निस्किए । विपक्षी समूहले संसद् नियन्त्रण गरेका थिए । त्यसक्रममा प्रहरीसँग भएको झडपमा एकजनाको मृत्यु भयो भने सयौँजना घाइते भए । बढ्दो दबाबमाझ देशको केन्द्रीय निर्वाचन आयोग चुनावी परिणाम रद्द गरिदियो । निरन्तरको विरोधमाझ प्रधानमन्त्री कुबात्वेक वोरोनोभले राजीनामा दिए । किर्गिजस्तानमा विगत १५ वर्षमा दुई राष्ट्रपति प्रदर्शनको बलमा फालिएको इतिहासमाझ देशको राजनीतिक संकट पुनः गहिरियो । 

नोभेम्बर : पेरुमा एक हप्तामा तीन राष्ट्रपति 

(तस्बिर : एर्नेस्टो बेनाभिदेस/एएफपी–गेटी इमेजेज)

नोभेम्बरको प्रारम्भमा पेरुको संसद्ले भ्रष्टाचारको आरोपमा लोकप्रिय राष्ट्रपति मार्टिन भिजेरालाई महाअभियोग लगाएर हटायो । उनी यस्तो आरोप लाग्ने छैटौँ राष्ट्रपति बने । आरोपका बाबजुद धेरै पेरुवासीले महाअभियोगको विरोधमा सडकमा उत्रिए । प्रदर्शनकारीले महाअभियोगलाई ‘कु’को संज्ञा दिए । संसद्ले म्यानुएल मेरिनोलाई अन्तरिम राष्ट्रपति बनायो । म्यानुएलको चयनपछि प्रदर्शन झन् बढेर बृहत् आन्दोलनको रूप लिने अवस्था आएपछि उनले छैटौँ दिनमा राजीनामा दिए । प्रदर्शनलाई मत्थर पार्नका लागि सांसद फ्रासिस्को सगस्ती नयाँ राष्ट्रपति तोकिए । सगस्तीले अप्रिल २०२१ मा चुनाव नभएसम्म देशको नेतृत्व गर्नेछन् । 

नोभेम्बर : शान्ति सम्झौतापछि नगोर्नो–काराबाखको द्वन्द्व रोकियो 

(तस्बिर : मोरिसियो लिमा/द न्युयोर्क टाइम्स )

सको मध्यस्थतामा भएको अजरवैजान र अर्मेनियाबीचको शान्ति सम्झौताले नगोर्नो–कराबाखको लागि ६ हप्ता लामो द्वन्द्व अन्त्य गरिदियो । अजरबैजानको सिमानाभित्र पर्ने, तर अर्मेनियाली अधिपत्य रहेको सो भूभागमा सेप्टेम्बर अन्तिमबाट युद्ध सुरु भएको थियो । अजरबैजानले अघिल्लोपटकको युद्धमा गुमाएको भूभाग फिर्ता ल्याउने उद्देश्यका साथ आक्रमण गरेपछि सुरु भएको थियो । पछिल्लो युद्धमा हजारौँको ज्यान गयो । अटोमन साम्राज्यको पतनदेखि सुरु यस भूभागको विवाद सन् १९९१ मा पुनः सतहमा आएको थियो । सोभियतसँगको पालामा अजरबैजानभित्र स्वशासित रहेको नगोर्नो–काराबाखले संघको पतनपछि स्वतन्त्र घोषणा ग¥यो । घोषणाले सुरु भएको युद्धमा २० हजार जनाको ज्यान गयो । अर्मेनियाले उलेख्य भूमि कब्जा गरेपछि युद्धविराममा भएको थियो । त्यो समयमा धेरै अजरबैजानी विस्थापित भएका थिए । पछिल्लो सम्झौताअन्तर्गत अजरबैजानले आफूले कब्जा गरेको भूमि राख्न पाउनेछ । अर्मेनियाले कब्जामा लिएका सात जिल्ला अजरबैजानलाई फिर्ता गर्नुपर्नेछ । तर, नगोर्नो–काराबाखको राजधानी स्टेपानाकर्ट अर्मेनियाकै नियन्त्रणमा रहनेछ । 

डिसेम्बर : हङकङका अभियन्ताहरूलाई कैद 

(तस्बिर : एन्थोनी वालेस/एएफपी–गेटी इमेजेज)

ङकङका तीनजना लोकतन्त्र पक्षधर अभियन्ता जोसुआ वङ, एग्नेज चाउ र इभान ल्यामलाई डिसेम्बरमा जेल सजाय तोकियो । सन् २०१९ मा प्रहरी मुख्यालयबाहिर भएको प्रदर्शनमा तिनको भूमिकालाई लिएर यो सजाय तोकिएको थियो । २४ वर्षका वङले किशोर उमेरदेखि नै बेइजिङको हङकङमाथि प्रभावविरुद्धका प्रदर्शनका नेतृत्व गर्दै आइरहेका छन् । यही कारण उनी चिनियाँ अधिकारीको निशानामा पर्ने गरेका छन् । उनले साढे १३ महिनाको जेल सजाय पाए । चाउ र ल्याम पनि २० वर्षभन्दा केही बढी भए र उनीहरूलाई क्रमशः १० महिना र सात महिना जेल सजाय तोकिएको छ । तीनैजना अनधिकृत रूपमा भेला आयोजना गरेको दोषी तोकिएका हुन् । पछिल्लो समय हङकङका अभियन्ता र प्रदर्शनकारीको पक्राउ बढेको छ । बेइजिङका आलोचकले यी पक्राउहरूलाई विरोधी तह लगाउने असहिष्णु कार्यका रूपमा व्याख्या गरेका छन् । 

डिसेम्बर : संयुक्त राष्ट्र संघले गाँजालाई नयाँ वर्गीकरणमा राख्यो 

(तस्बिर : लोउलोउ डी’अकी/द न्युयोर्क टाइम्स)

संयुक्त राष्ट्र संघीय लागुऔषधसम्बन्धी आयोगले डिसेम्बर २ मा गाँजालाई विश्वको सबैभन्दा खतरनाक लागुऔषधको सूचीबाट हटायो । सबैभन्दा खतरनाक लागुऔषधमा अत्यन्त नशालु तथा खतरनाक लागुपदार्थ पर्ने गर्छ । तर, गाँजामा औषधीय गुण हुने भन्दै संयुक्त राष्ट्र संघले गाँजालाई त्यस सूचीबाट हटाएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०१९ मा सिफारिस गरेपछि हालको पुनर्वर्गीकरण आएको हो । ड्रग नीति–निर्माताले धेरै पहिलेदेखि गाँजासम्बन्धी अन्तर्राष्ट्रिय कानुन पुरानो भएको बताउँदै आएको थियो । तर, प्रत्येक देशका सरकारको लागुऔषध वर्गीकरण अलग हुने भएकाले यो निर्णयले गाँजा नियन्त्रणमा प्रत्यक्ष प्रभाव नपर्ने बताइएको छ । तथापि, धेरै देशले सहयोगका लागि अन्तर्राष्ट्रिय निकायको निर्देशिका हेर्छन् । संयुक्त राष्ट्र संघको कदमले गाँजाको चिकित्सकीय फाइदासम्बन्धी अनुसन्धान वृद्धि गर्ने अनुमान छ ।

ad
ad