१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस/एएफपी जकार्ता
२o८१ बैशाख ३० आइतबार १४:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

विमान दुर्घटना : इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

Read Time : < 1 मिनेट
रासस/एएफपी जकार्ता
नयाँ पत्रिका जकार्ता
२o८१ बैशाख ३० आइतबार १४:१४:oo

इन्डोनेसियाको राजधानी जकार्तानजिकको जल क्षेत्रबाट उद्धारकर्ताहरूले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् । 

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान केही मिनेटभित्रै नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्यसहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सीधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेनासमेतको सहयोगमा गोताखोरहरूले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए । विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन । 

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गरेका छन् । विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए । 
 

ad
ad