१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १९:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चित्तलको मासुसहित चार पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:२९:oo

संरक्षित वन्यजन्तु चित्तलको मासुसहित सेनाले चार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी– का ९ थुमनीका ३० वर्षीया मोनकला भण्डारी, ५१ वर्षीय जुन चन्द ठकुरी, ३७ वर्षीय जैसरा विक र ३३ वर्षीया सावित्रा वली रहेका छन् । 

बर्दियास्थित राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएका सेनाकाे शिवदल गणबाट खटिएका सैनिक टोलीले उनीहरूलाई बिहीबार बेलुका साढे आठ बजे पक्राउ गरेको हो । 

थप अनुसन्धानका लागि उनीहरूलाई सेनाले निकुन्ज प्रशासनलाई जिम्मा लगाएको छ । उनीहरूबाट सेनाले चार किलो चित्तलको मासु पनि बरामद गरेको छ ।

ad
ad