१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीमा घुससहित मालपोतका नासु र लेखापढी व्यवसायी पक्राउ

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:o५:oo

सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयबाट ११ घुससहित नायव सुब्बा र लेखापढी व्यवसायी पक्राउ परेका छन्।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ११ हजार घुससहित मालपोत कार्यलय हरिवनका नायब सुब्बा वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई नियन्त्रणमा लिएको हो । 

अख्तियार टोलीले कार्यालय सुरु भएसँगै कार्यालयका दुवै कर्मचारीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । सोही क्रममा लेखापढी व्यवसाय गर्दै आएका महतोको साथबाट उक्त रकम बरामद भएको हो । उक्त बरामद रकम सेवाग्राहीसँग लिन नासु बरालले आफूलाई अह्राएको महतोले अख्तियारको टोलीसमक्ष बताएको टोलीको एक अधिकारीले जानकारी   दिए । 

उनीहरूले हरिवन नगरपालिकाकै एक सेवाग्राहीसँग लालपूर्जामा नाम सच्याउने प्रयोजनका लागि ११ हजार रुपैयाँ लिएका थिए । सेवाग्राहीका अनुसार लालपुर्जामा नाम सच्याउन जाँदा पहिला १८ हजार रकम मागेकाे र त्यति रकम दिन नसक्ने बताएपछि पटक–पटकको बार्गेनिङपछि ११ हजारमा कुरा मिलेको थियो । 

मालपोत कार्यलयका हाकिम र लेखनदासले काम गरेबापत चियाखर्च भन्दै घुस रकम माग गरेपछि सेवाग्राहीले अख्तियारकोे केन्द्रीय कार्यालय टंगाल र बर्दिवासमा खबर गरेका थिए । 

सोही सूचनाका आधारमा उनीहरूलाई अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि बर्दिवास कार्यालय पुर्‍याएको अख्तियारले जनाएको छ ।

कर्मचारी पक्राउ परेलगत्तै कार्यालयमा केहीबेर सेवाग्राही र स्थानीयसमेतको भिड लागेको थियो । कार्यालयको सेवा प्रवाह सामान्य ढंगले सञ्चालन भइरहेको मालपोत कार्यालय हरिवनले जनाएको छ । 
 

ad
ad