१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रासस/एएफपी
२o८१ जेठ १ मंगलबार १४:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद

भारत–अस्ट्रेलिया टेस्ट : अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर

Read Time : < 1 मिनेट
रासस/एएफपी
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५५:oo

अस्ट्रेलियाको सिड्नीमा बिहीबारदेखि सुरु भएको तेस्रो टेस्ट क्रिकेटमा पहिले ब्याटिङ गर्दै अस्ट्रेलिया सुदृढ स्थितितर्फ अग्रसर भएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५५ ओभरमा २ विकेटको क्षतिमा १६६ रन बनाएको छ । वर्षाले प्रभावित उक्त खेलमा अस्ट्रेलियाले प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरलाई व्यक्तिगत पाँच रनमै गुमाएको थियो । उनलाई भारतीय बलर मोहम्मद सिराजले आउट बनाएका थिए । 

तर, त्यसपछि पहिलो टेस्ट खेल्न मैदानमा उत्रेका विल पुकोभ्स्कीले नवदीप सैनीको बलमा आउट हुनुअघि महत्त्वपूर्ण ६२ रन बनाएका थिए । क्रिजमा मार्नस लाबुसेने ५७ र स्टिभन स्मिथ २६ रन बनाएर खेलिरहेका छन् ।

यी दुई टीमबीच यसअघिका दुई टेस्टमा १–१ को बराबरी भएको थियो ।

नियमित कप्तान विराट कोहली बिदामा बसेकाले यस टेस्टमा पनि अजिन्क्य रहाणेले कप्तानी गरिरहेका छन् । भारतीय टिममा रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, अजिन्क्य रहाणे, हनुमा बिहारी, रिषभ पन्त, रवीन्द्र जडेजा, रविचन्द्रन अश्विन, नवदीप सैनी, जसप्रित बुमराह र मोहम्मद सिराज रहेका छन् । 

अस्ट्रेलियाली टिमको कप्तानी टिम पेनले गरेका छन् । अस्ट्रेलियाली टिमका अन्य खेलाडीमा विल पुकोभ्स्की, डेभिड वार्नर, मार्नस लाबुसाने, स्टिभन स्मिथ, क्यामरुन ग्रिन, म्याथ्यु वेड, प्याट कमिन्स, मिचेल स्टार्क, नाथन लायन, जस हेजलउड रहेका छन् । 
 

ad
ad