१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष २० सोमबार
  • Friday, 04 July, 2025
रासस/सिन्ह्वा नयाँ दिल्ली
२o७७ पौष २० सोमबार १३:o२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म एक लाख ४९ हजार ६ सय ४९ जनाको मृत्यु 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
२o७७ पौष २० सोमबार १३:o२:oo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सोमबार बिहानसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १६ हजार पाँच सय चार नयाँ संक्रमित फेला परेपछि संक्रमितको संख्या एक करोड तीन लाख ४० हजार चार सय ६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणका कारण दुई सय १४ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ४९ हजार ६ सय ४९ जना पुगेको हाे । मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार आठ सय ६७ जना संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ४३ हजार नौ सय ५३ सक्रिय सङ्क्रमित रहेका छन् । 
नयाँदिल्लीमा चार सय २४ संक्रमित
भारतको राजधानी दिल्लीमा आइतबार चार सय २४ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड– १९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार पाँच सय ८५ जनाको मृत्यु भइसकेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १७ करोड ५६ लाख ३५ हजार सात सय ६१ को हाराहारीमा नमुना परीक्षण गरेको छ ।