१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोदरेज स्टिलद्वारा टिचिङ अस्पताललाई बेड हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:५३:oo

पोदरेज स्टिल एन्ड आइरन इन्डस्ट्रिजले त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल) लाई बेड हस्तान्तरण गरेको छ । हेल्थ इक्युपमेन्टअन्तर्गत उद्योग आफैँले निर्माण गरेको बेड अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको उपस्थितिमा हस्तान्तरण गरिएको हो । 

समयको मागअनुसार मेडिकल प्रयोजनका लागि उद्योगले हेल्थ इक्युपमेन्ट निर्माण सुरु गरेको जानकारी दिँदै पोदरेजका प्रबन्ध–निर्देशक प्रमोद गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै टिचिङ अस्पताललाई बेड हस्तान्तरण गरिएको बताए । उनले भने, ‘हामीले विशुद्ध नेपाली उद्योगको रूपमा स्थापना गरी आफ्नै फ्याक्ट्रीबाट हेल्थ इक्युपमेन्ट उत्पादन गर्न सफल भएका छौँ र अस्पताललाई स्वदेशमै निर्मित बेड हस्तान्तरण गर्न पाउँदा खुसी लागेको छ ।’ 

अस्पतालका कार्यकारी निर्देशक डा. काफ्लेले पोदरेजले अस्पतालका लागि बेड उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै उद्योगको सफलताको कामना गरे । डा. काफ्लेले आगामी दिनमा अस्पतालको आवश्यकताअनुसार स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै पोदरेजसँग बेडलगायतका सामग्री खरिदमा सहकार्य गरिने बताए । उनले भने, ‘हाम्रो प्राथमिकता पनि स्वदेशमै उत्पादन गरिएका सामग्री प्रयोग गरौँ भन्ने हो, यदि पोदरेजले हामीले भनेजस्तो सामग्री उत्पादन र वितरण गर्न सक्ने हो भने सहकार्य गर्न सकिनेछ ।’ 

पारिवारिक उद्योगको रूपमा सन् १९७२ मा स्थापना भएको पोदरेज स्टिल एन्ड आइरन इन्डस्ट्रिज सामाजिक कार्यमा पनि निरन्तर लागिपरेको गौतमले बताए ।
 

ad
ad