फिंगर प्रिन्टको  ट्रेलर सार्वजनिक

२०७५ माघ २८ सोमबार ०६:२७:०० | काठमाडाैं

सस्पेन्स थ्रिलर फिल्म फिंगर प्रिन्टको ट्रेलर सार्वजनिक गरिएको छ । नवीन निरौलाको लेखन, सम्पादन र निर्देशनमा बनेको फिल्म फागुन १० गते प्रदर्शन हुँदै छ ।  कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन)ले निर्माण गरेको फिल्ममा दीपक त्रिपाठी, सरिता लामिछाने, राज क्षितिज, रमेश बुढाथोकी, आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरूप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् ।

दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मको सहनिर्मातामा शंकर आचार्य र अनिल श्रेष्ठ छन् । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिंगर प्रिन्टको दुरुपयोगले विश्वमा हुन सक्ने अपराधलगायतका विषय प्रस्तुत गरिएको निर्देशक निरौलाले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस