१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार o९:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:३o:oo

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले अनलाइनबाट नै पुनः श्रम स्वीकृति लिन सक्ने भएका छन् । वैदेशिक रोजगार विभागले १७ पुस (जनवरी १)देखि यस्तो सुविधा उपलब्ध गराउने लागेको हो ।

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन श्रमिकले अनलाइनबाट नै म्यादी जीवन बिमाको रकम भुक्तानी गर्नुपर्नेछ । अनलाइनमार्फत नै कल्याणकारी कोषको रकम भुक्तानी गरिसकेपछि पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन सक्नेछन् । हाल वैदेशिक रोजगारीमा नै रहेका श्रमिकले यो सुविधा प्रयोग गर्न सक्नेछन् । 

अनलाइनबाट पुनः श्रम स्वीकृति लिन श्रमिकले एकपटक विभागको अनलाइन प्रणालीमार्फत बायोमेट्रिक (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरी श्रम स्वीकृति लिएको हुनुपर्नेछ । यसअघि नै यस्तो प्रक्रिया पूरा गरी श्रम स्वीकृति लिएका श्रमिकले अनलाइनबाट पुन : श्रम स्वीकृति लिन पाउनेछन् । 

अनलाइनमार्फत पुनः श्रम स्वीकृतिको सुविधाका लागि श्रमिकले वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर अनलाइन श्रम स्वीकृति फारम भर्नुपर्नेछ । फारम भरिसकेपछि अनलाइन शाखा छनोट गर्नुपर्ने विभागका महानिर्देशक कुमार दाहालले बताए । अनलाइन आवेदन रिजेक्ट भएमा श्रमिकले आफनो मोबाइल नम्बर एसएमसमार्फत जानकारी प्राप्त गर्नेछन् । त्यसैले, आवेदन दिँदा श्रमिकले आफ्नो मोबाइल नम्बर इमेल ठेगाना सही भर्नुपर्ने विभागले जनाएको छ । 

ad
ad