१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख ३१ सोमबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजमार्ग आसपास अलपत्र मानिसको उद्धार गरिने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४४:oo

प्रदेश १ सरकारले राजमार्ग आसपासमा अलपत्र मानिसको उद्धार गर्ने भएको छ । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले पूर्व–पश्चिम लोकमार्ग र उत्तर–दक्षिणको कोसी राजमार्ग आसपासका सहर–बजारमा अलपत्र जीवन बिताइरहेका मनोरोगी र असहायहरूलाई संरक्षण गर्न ७ पुसदेखि उद्धार गर्ने जनाएको हो ।  

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरका अनुसार पहिलो चरणमा पूर्वको मेचीदेखि पश्चिम कोसीवारिसम्म र उत्तर–दक्षिण धरानदेखि विराटनगरसम्मको सहर–बजारमा अलपत्र मानिसको उद्धार गरिनेछ । 

त्यसका लागि मानव सेवा आश्रमसँग मिलेर कार्यदल गठन गरी अलपत्रहरूको लगत संकलन गर्ने काम भइरहेको मन्त्री गजमेरले बताइन् ।

उनका अनुसार कार्यदलले रातिराति गएर अलपत्र मानिस सुत्ने–बस्ने स्थान पत्ता लगाउने काम गरिरहेको कार्यदलकी संयोजकसमेत रहेकी राज्यमन्त्री गजमेरले बताइन् । 

उनले भनिन्, ‘पहिलो चरणमा हामी झापा, मोरङ र सुनसरीमा उद्धार गर्नेछौँ, त्यसपछि अर्को योजना बनाएर प्रदेशभरि नै अभियान पुऱ्याउँछौँ ।’ 

प्रदेश सरकारले सिंगो प्रदेशलाई पाँच वर्षभित्र सडकआश्रित मानवमुक्त्त बनाउने घोषणा गरेको छ । 

त्यसका लागि सामाजिक विकास मन्त्रालयले सडकमा भौँतारिन र अलपत्र पर्न बाध्य मानिसको उद्धारमा मानव सेवा आश्रमसँग सहकार्य गरिरहेको छ । 

ad
ad