मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:४१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आरम्भ चौतारी लघुवित्त संस्थाको १०१औँ शाखा सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर ३० मंगलबार १६:४१:००

आरम्भ चौतारी लघुवित्त संस्थाका १०१औँ शाखा सञ्चालनमा आएको छ ।

संस्थाले आफ्नो १०१औँ शाखा सान्नी त्रिवेणी गाउँपालिका, कालिकोमा सञ्चालन गरेको हो ।

दूरदराजका गाउँमा वित्तीय सेवा प्रदान गरिरहेको लघुवित्तको १०१औँ शाखा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले गाउँगाउँमा नागरिकलाई वित्तीय सहयोग प्रदान गरेर आत्मनिर्भर बनाउन संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

ऋणीहरूले पनि आफूले लिएको ऋणको सदुपयोग गरेर गरिबी निवारणतर्फ अग्रसर हुन मुख्यमन्त्री शाहीले आग्रह गरे ।

कर्णाली प्रदेशका सबै जिल्लामा शाखा भएको चौतारी लघुवित्त संस्थाले सहुलियत दरमा ऋण उपलब्ध गराएर गरिबी निवारणका क्षेत्रमा काम गर्दै आएको छ ।