१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उखु किसानका माग पूरा गरेर राहत देऊ ः नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४९:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन माग गरेका छन् । 

नेता पौडेलले उखु मिल सञ्चालक र सरकारको मिलिभगत र लापरबाहीको सिकार बनेका किसानको आन्दोलनमा पूर्ण सहानुभूति र ऐक्यबद्धता जनाउँदै उनीहरूको माग सम्बोधन गर्न माग गरेका छन् । 

सामाजिक सञ्जालमार्फत पौडेलले भनेका छन्, ‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन् । मिल मालिक र सरकारमा रहेकाहरूको मिलिभगत र लापरबाहीको सिकार बनेका किसानप्रति पूर्ण सहानुभूति र ऐक्यबद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आह्वान गर्दछु ।’ 

उखु बिक्रीबापतकाे रकम चिनी मिलले नदिएपछि सर्लाही, रौतहट र नवलपरासीका सयौँ किसान काठमाडौंमा आएर आन्दोलन गरिरहेका छन् । उखु किसान संघर्ष समितिका अनुसार देशभरका ६ वटा चिनी मिलबाट किसानले ९० करोड रुपैयाँ पाउन बाँकी छ ।

गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न गएका वेला प्रहरीको धरपकडमा परेका नेता पौडेल त्यसयता स्वस्थ भइनसकेको बताउँछन् ।

सोही घटनामा आधारित भएर सरकारका गतिविधिविरुद्ध कांग्रेसले सोमबार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दै छ । नेता पौडेलले काठमाडौंमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

ad
ad