१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
पेट्रोलपम्पमा लागेको आगोले सामान्य क्षति भएको तेलको ट्यांकर । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार २o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ग्वार्कोको पेट्रोलपम्पमा आगलागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार २o:२८:oo

ललितपुरको ग्वार्को चोकमा सञ्चालित उज्ज्वल आयल सेन्टरमा आगलागी भएको छ । साँझ ७ बजेतिर इन्धन भर्न आएको मोटरसाइकलमा तेल भर्दै गर्दा स्पार्क भई आगलागी भएको हो ।

घटनास्थल पुगेका आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख प्रदीप यादवका अनुसार आगलागीले पम्प परिसरमा तेल भर्न आएका तीन–चारवटा मोटरसाइकल जलेका छन् । त्यस्तै डिस्पेन्सिङ मेसिनबाट तेल भर्ने नोजलसम्म तानिएका तीनवटा पाइप पनि जलेर नष्ट भएका छन् । 

आगलागी हुँदा थानकोट डिपोबाट तेल बोकेर आएको ट्यांकरबाट पम्पको अन्डरट्यांकीमा तेल खन्याउने काम भइरहेको थियो । जसकारण ट्यांकरको अगाडिको भागमा पनि आगोले क्षति गरेको छ ।

‘आगलागीबाट ठूलो क्षति हुन पाएन,’ यादवले भने, ‘ग्वार्को चोकमै भए पनि दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको छ ।’ घना बस्ती र सडकको मुखमै रहेको पम्पमा आगलागी हुँदा स्थानीय त्रसित बनेका थिए । 

तेल अनलोडिङ हुँदै गरेको ट्यांकरमा आगोले क्षति गर्न नपाउँदा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । थानकोट डिपो प्रमुख यादवले आगलागीको कारण अध्ययन गरी पहिचान गर्ने र आगामी दिनमा अन्य पम्पलाई समेत सचेत रहन निर्देशन दिने बताए ।

यसअघि ३ कात्तिकमा भैरहवाको अञ्चलपुरमा रहेको एभरेष्ट फ्युल सेन्टरमा पनि आगलागी भएको थियो । ट्यांकरका कारण भएको आगलागीले आठ हजार लिटर पेट्रोल नोक्सानी भएको थियो भने ट्यांकर पूर्ण रूपले क्षतिग्रस्त भएको थियो ।

 

ad
ad