१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

श्रीमतीसँग हिमचिम बढाएको विवादमा हत्या 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३९:oo

श्रीमती कामदारसँग लागेको विषयमा विवाद हुँदा सिन्धुली पिकल गाउँपालिका– ४ का ३७ वर्षीय कुमार भनिने नारायणबहादुर श्रेष्ठले ज्यान गुमाएका छन् । 

उदयपुर रौतामाई गाउँपालिका– ८ का २८ वर्षीय मिलन रानामगरको फरुवा प्रहारबाट उनको मृत्यु भएको हो । 

प्रहरीका अनुसार २६ मंसिरको साँझ ललितपुको चापागाउँमा फरुवाको प्रहारपछि श्रेष्ठको मृत्यु भएको थियो । फरुवा प्रहारमा संलग्न रानामगर श्रेष्ठका कामदार हुन् । 

श्रीमतीसँग हिमचिम बढेको आशंकामा दुईबीच विवाद भएको थियो । चापागाउँस्थित भट्टीमा भएको विवाद झपडमा बदलिएको थियो । 

सोही क्रममा रानामागरले श्रेष्ठलाई फरुवा प्रहार गरेका थिए । सोही चोटका कारण उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रवक्ता प्रज्ज्वल महर्जनले बताए ।
 
‘दुईबीच श्रीमतीको विषयमा विवाद भयो । विवाद झडपमा बदलियो । यही क्रममा रानामागरले फरुवा उचाले । त्यसैले श्रेष्ठको टाउकोमा बजारे । सोही चोटका कारण उनको मृत्यु भयो’, घटनाको सम्बन्धमा प्रवक्ता महर्जनले भने, ‘घटनास्थल अध्ययनपछि दसीप्रमाण भेटिएका छन् । त्यसैका आधारमा अनुसन्धान भयो । यद्यपि अनुसन्धान जारी छ ।’

प्रहरीका अनुसार फरुवा प्रहारपछि ढलेका श्रेष्ठलाई रानामगरले तानेर झाडीमा लगेर लुकाएका थिए । भोलिपल्ट पनि घर नआएपछि मात्रै उनकी श्रीमतीले खोजतलास गर्न प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसलगत्तै प्रहरीले रानामगरलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्दा भने ज्याला नदिएका कारण हत्या गरिएको रानामगरले बयानमा भनेका थिए । अनुसन्धानपछि ज्याला नभई श्रीमतीसँग हिमहिच बढाएको आशंका हत्याको कारण भेटिएको प्रहरीले जनाएकाे छ।  

एसएपी महर्जनले भने, ‘सुरुमा ज्याला नदिएकोजस्तो सूचना आयो । हामीले सोहीअनुसार अनुन्धान गर्यौं । बुझ्दै जाँदा ज्याला विवादको विषय नभएको देखियो । किनकि उनले श्रेष्ठबाट ज्याला लिइसकेको देखियो । त्यसपछि अर्को ढंगबाट अनुसन्धन भयो । कारण श्रीमतीसँग हिममिच देखियो ।’

प्रहरीका अनुसार श्रेष्ठ घर बनाउने काममा मजदुर जम्मा गर्ने ठेकेदार हुन् । हत्यामा संलग्न रानामगर उनैसँग काम गर्ने गर्थे ।

ad
ad