१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुआब्जा निर्धारणमा उचित मूल्यांकन नभएको भन्दै रसुवागढी नाका जोड्ने सडक बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४८:oo

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकमा पर्ने जग्गाको मुआब्जा निर्धारणका लागि उचित मूल्यांकन नगरेको भन्दै मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आजदेखि बन्द भएको छ ।

स्याफ्रुदेखि रसुवागढी सडकखण्डको टिमुरेस्थित तातोपानी क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारणमा स्थानीय प्रशासनले उचित मूल्यांकन नगरेको भन्दै गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक संघर्ष समितिले मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा बन्द गराएका हुन् । 

सडक बन्द हुँदा चीनबाट नेपाल भित्रिएका सामान बोकेर गन्तव्यतर्फ जान लागेका सवारी बीचमै रोकिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवामा यही मंसिर २५ गते बसेको मूल्य निर्धारण समितिको बैठकले बहुमतका आधारमा गरेको निर्णय पूर्वाग्रह, पूर्ण र विधिसम्मत नभएको हुँदा मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक बन्द गराउन आफूहरू बाध्य भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक संघर्ष समितिका अध्यक्ष सरोज न्यौपानेले बताए । 

‘२०७३ सालमा प्रतिआना ६ लाखको निर्णय गरेको, तर अहिले तीन लाख ८० हजारका दरले दिने भनी निर्णय गरिएको छ, नयाँ पत्रिकासँग उनले भने, ‘जनप्रतिनिधि र समितिका केहीको असहमति हुँदाहुँदै पनि केहीलाई बलजफ्ती निर्णयमा हस्ताक्षर गर्न लगाइको छ, यो मान्य हुँदैन । ’

आफ्ना जायज माग पूरा नहुन्जेलसम्म सडक बन्द गरी शान्तिपूर्ण आन्दोलनमा रहनेसमेत उनले बताए । जनप्रतिनिधि, समितिका सदस्यहरूको असहमति रहेको र अन्य सदस्यहरूलाई बलजफ्ती हस्ताक्षर गराएकोसमेत संघर्ष समितिको आरोप छ । उपसमितिको निर्णयउपर आवश्यक छानबिन र उक्त निर्णय बदर नगराउन्जेल मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक पूर्ण रूपमा बन्द हुने समितिले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले २०७६ भदौ ४ गते जग्गा अधिग्रहणसम्बन्धी सूचना प्रकाशित थियो । रसुवातर्फको जग्गाको उचित मूल्यांकन गर्न संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय रसुवालाई पटक–पटक मौखिक र लिखित रूपमा ध्यानाकर्षण गराए पनि चासो नदिएको समितिको भनाइ छ । 

२०७२ सालमै घरटहराको मुआब्जा निर्धारण गरी वितरण गर्नुपर्ने भए पनि स्याफ्रुदेखि रसुवागढी सडकखण्डको टिमुरेस्थित तातोपानी क्षेत्रमा पर्ने १६ जनाको करिब ७ रोपनी जग्गाको मुआब्जा निर्धारणमा हालसम्म कुनै पनि कार्यान्वयन नहुँदा मुआब्जा निर्धारण गरी वितरणको प्रक्रिया अन्याेलमा परेको छ । 

प्रमुख जिल्ला अधिकारी र सडक आयोजनाबीच कयौँपटक सो सम्बन्धमा निर्णय हुन छलफल भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन । स्थानीय प्रतिनिधि, राजनीतिक दल सम्बन्धित सरोकारवालासँग छलफल भएको भए पनि हालसम्म निर्णय भने हुन सकेको छैन ।    

स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दुई लेनको सडक निर्माण हुने भएको छ । १६ महिनाअघि नेपाल सरकारसँग ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी चाइना टिबेत टिएनन्यु कम्पनी लिमिटेडलाई सडक निर्माणको जिम्मा दिइएको थियो । त्यसैअनुरूप १४ महिनाअघि सडक निर्माणको शुभारम्भ गरिएको थियो ।

जग्गाप्राप्ति, घरटहरा र विद्युतका पोल हटाउन नसक्दा चिनियाँ कम्पनी आफ्नो देश फर्किएको थियो । त्यत्तिकैमा कोरोनाका कारण पुनः उनीहरू नेपाल फर्कन सकेका थिएनन् । अहिले जग्गाप्राप्ति, घरटहरा र विद्युतका पोलहरू नहटाएको हुँदा आफूहरू नआएको सडक निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले जानकारी गराएकोसमेत गल्छी–त्रिशूली– मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए ।

‘चिनले कुनै पनि क्षेत्रमा मुआब्जा वितरण गर्न बाँकी, विद्युतका पोल सार्न बाँकी भएको रहेछ भने काम सुरु नगर्ने बताएको छ,  तर, मुआब्जा वितरणसँगै विद्युतका पोलसमेतको काम पूरा हुन सकेको छैन, उनले भने त्यसैले चिनियाँ पक्षले सडक निर्माणको काम सुरु गर्न सकेको छैनन ।’ 

अहिले सञ्चालनमा रहेको स्याफ्रुबेँसी–रसुवागढीसम्मको सडक खण्डको लम्बाइ करिब १७ किलोमिटर रहेको छ । यो सिंगल लेनको कच्ची सडक हो । स्तरोन्नतिपछि उक्त सडक कालोपत्रेसहित डबल लेनको हुनेछ । चीन सरकारको पूर्ण सहयोगमा सडकको स्तरोन्नति हुन लागेको हो । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । 
 

ad
ad