१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३० आइतबार १o:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मापदण्डविपरीत उत्खनन गर्ने सात जेसिभी नियन्त्रणमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:२८:oo

मापदण्डविपरीत उत्खनन गरेको भन्दै कञ्चनपुरको बगुन खोलाबाट प्रहरीले सातवटा जेसिभी नियन्त्रणमा लिएको छ । वेदकोट नगरपालिकाको बगुन खोलाबाट उत्खनन गरिरहेका सातवटा जेसिभी नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले मापदण्डविपरीत खोलामा हाल्नै नमिल्ने जेसिभी हालेर उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको बताए । 

कञ्चनपुरका नदी, खोलानालाहरुमा ग्र्याभलिंग संलकनका नाममा चुरे नै विनाश हुने हिसाबले उत्खनन भइरहेको भन्दै वेदकोट नगरपालिका मुसेपानी क्षेत्रका स्थानीय आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त टोलीले नदीखोलाको अनुगमन सुरु गरेको थियो । अनुगमनका क्रममा बगुन खोलामा भेटिएको उक्त जेसिभी नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । 

अनुगमन टोलीले मापदण्डविपरीत रूपमा उत्खनन भइरहेको भन्दै नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई जिम्मेबारी दिएको थियो । जंगलकै छेउमा वातावरण विनाश हुने हिसाबले उत्खनन हुँदा नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । 
 

ad
ad