१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् छिटो खाेलियाेस्, हामीले बोल्ने ठाउँ पाएनाैँ : सुजाता कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:oo:oo

कांग्रेस सांसद सुजाता कोइरालाले सरकारलाई संसद् अधिवेशन छिटो बाेलाउन आग्रह गरेकी छिन् ।

संसद् नहुँदा आफूहरूले बोल्ने ठाउँसमेत नभएको उनको भनाइ छ ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनिन्, ‘पार्लियामेन्ट छिटो सञ्चालन हुनुपऱ्याे । हामीले कुरा पनि राख्न पाएका छैनौँ । अधिवेशन छिटो बोलाउनुपऱ्याे ।’

सरकारको स्पष्ट नीति पनि नभएको उनको भनाइ छ । सरकार विश्वसनीय नभएको कुरा जनताबाट आइरहेकोसमेत उनले बताइन् ।

सरकारबाट स्पष्ट नीति नआएको उनको आरोप छ ।

‘यो सरकार रिलायबल छैन भन्ने कुरा जनताबाट आएको छ । स्पष्ट नीति आउँदैन, त्यसकारण एउटा लाइनमा हिँड्छ, फेरि झट्ट अर्काे कुरा गर्छ । यसले गर्दा सरकारको फितलोपन देखिन्छ । पार्लियामेन्ट हुनुपऱ्याे। हामीले कुरा पनि राख्न पाएका छैनाैँ । कोरोना भ्याक्सिन कहिले आउने हो, त्यसमा पनि पोलिटिक्स नहोस्,’ उनले भनिन् ।

ad
ad