१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १९:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री पौडेलको वडामा २६ करोडको पुल निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:१२:oo

हेटौँडा उपमहानगरपालिका– ११ स्थित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निजी निवास रहेको क्षेत्रमा २६ करोडको पुल निर्माण गरिने भएको छ । हेटौँडा–११ नवलपुर र १२ पदमपोखरी जोड्ने पक्की पुलको बिहीबार मुख्यमन्त्री पौडेलले शिलान्यास गरेका छन् । 

मुख्यमन्त्रीको आफ्नै वडामा बन्ने पुलको लागत २६ करोड ४१ लख ८७ हजार अनुमान गरिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको योजनामा निर्माण सुरु गरिएको पुल दुई सय १५ मिटर लम्बाइ र ११ मिटर चौडाइको रहनेछ । 

दुई वर्षभित्र निर्माण सक्ने गरी मुख्यमन्त्री पौडेलकै पहलमा योजना अघि सारिएको मन्त्रालयले जनाएको छ । पुल निर्माणको ठेक्का एलिट कन्स्ट्रक्सन काठमाडौंले पाएको छ । 

नवलपुल–पदमपोखरी जोड्ने पुल नहुँदा त्यस क्षेत्रका सर्वसाधारणले मुख्यबजार आउन करिब १ घन्टाको यात्रा गर्नुपर्ने बाध्यता थियो । त्यस क्षेत्रका सर्वसाधारणले १५ वर्ष अघिदेखि पुल निर्माणको माग गर्दै आएका थिए । 

विकासका आयोजना प्राथमिकताका आधारमा निर्माण हुनेछन्– मुख्यमन्त्री
मुख्यमन्त्री पौडेलले पुलको शिलान्यास गर्दै बागमती प्रदेश सरकारले अघि सारेका विकासका आयोजनाहरू प्राथमिकताको आधारमा निर्माण गरिने दाबी गरे । उनले प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका विकासलाई क्रमशः अघि बढाउने हुँदा सबै क्षेत्रबाट सहयोग गर्ने आग्रह गरे । ‘सहरीकरण र समानुपातिक रूपमा प्रदेशभर विकासका आयोजनाहरू प्राथमिकताका आधारमा निर्माण भइरहेका छन्,’ उनले भने, ‘प्रदेश गौरवको आयोजनाको कामहरूसमेत सुरु भइसकेका छन् ।’ 

भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले मागका आधारमा खानेपानी, पक्की पुल, सडक र विद्युतीकरणतर्फ विशेष ध्यान दिइरहेको दाबी गरे ।

ad
ad