१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १६:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मस्टाे पूजामा रम्दै कर्णालीका स्थानीय (फोटोफिचर)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:४१:oo

साबिकको कर्णालीका जिल्लामा कुल देवताको पूजा गर्दा सुरुमा मस्टोलाई नै पूजा गर्ने चलन छ । मस्टो पूजा जेठ पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कात्तिक पूर्णिमा र माघ पूर्णिमा लाग्ने गर्दछ ।

यो पूर्णिमालाई कात्तिक पूर्णिमाको रूपमा पूजा गर्ने चलन छ । यस पूर्णिमामा मस्टो र धल्पुरो देवताको पूजा गरिन्छ ।  

हिमाली जिल्ला मुगुका अधिकांश गाउँमा कात्तिक पूर्णिमाको अवसरमा मस्टाे धल्पुरो लगाएतका देवताको सोमबार भव्य पूजाआजा गरी मेला पर्व लागेका छन् । 

कोरोना महामारीबीच पनि स्थानीयहरू यतिवेला धार्मिक परम्पराअनुसार आफ्नो कुल देवताको पूजाआजामा जुटिरहेका छन्  ।

कात्तिक महिनामा लाग्ने यो मेलामा जिल्लाको छायानाथ रारा नगरपालिकाभित्रका कार्कीबाडा, छत्यालबाडा र ढुम गाउँलगायत गाउँमा र खत्याड गाउँपालिकाकामा मस्टाे देवताको पूजा गरी मेला लागेको छ । 

यस पर्वमा धार्मिक परम्पराअनुसार देवताको थानमा गएर पुरी बनाउने, पैठो भात खाने र आफ्ना नजिकका इष्टमित्रहरू, नातागोता जम्मा भएर देउडा खेल्ने रमाइलो गर्ने परम्परा छ ।

मेलमा धामीझाँक्रीहरू काम्ने, नाच्ने गर्छन् भने विभिन्न प्रकारका स्थानीयस्तरमा उत्पादन हुने अर्गानिक परिकारहरू बनाई, पुरी, भात बनाई खाने प्रचलन रहेको छ । 

सदियौँदेखि मनाइँदै आएका र यस्ता परम्परा निरन्तर रूपमा मनाउँदै आएको धामीहरू बताउँछन् । 

नाै पुस्ता अगाडि १३ सय सालमा भारतको पिथौरागढबाट मस्टो देवता आई थार्प गाउँको रूखमुनि बसेको जेठा भाइ रहेको र अन्य गाउँमा रहेका मस्टा पनि त्यसकै रूप रहेको वृद्धहरूको भनाइ छ । 

थार्प मस्टाको मेला वैशाख पूर्णिमा, साउन पूर्णिमा, जुहारे पूर्णिमा, कात्तिक पूर्णिमा, माघ पूर्णिमा र भैल्या पूर्णिमा गरी वर्षमा ६ पटक भव्य रूपमा लाग्ने गर्दछ ।

ad
ad