१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख ३१ सोमबार o८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

औँसाका कारण ४० प्रतिशतसम्म सुन्तला उत्पादन घट्ने

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४७:oo

फल लागेदेखि पाक्ने वेलासम्म नै बोटबाट सुन्तला झर्ने समस्याले म्याग्दीका कृषकहरू निराश बनेका छन् । सुन्तला पाक्ने समयमा बोटमा पहेँला भएका सुन्तला झर्न थालेको बेनी नगरपालिका–४, बास्कुनाका कृषक तिलक गुरुङले बताए । सोही कारण गत वर्षको तुलनामा यस वर्ष ३० देखि ४० प्रतिशतसम्म सुन्तला झरेर खेर गएको उनको भनाइ छ । ‘सुन्तला पहेँलो हुँदै झर्दै जाने समस्या छ, हरेक बोटबाट दैनिक आधा केजी सुन्तला झर्ने गरेको छ, झरेका सुन्तलाभित्र औँसा किरा देखिएको छ,’ उनले भने । 

गत वर्ष ४० लाखको सुन्तला बिक्री भएको बास्कुना क्षेत्रमा यस वर्ष न्यून सुन्तला उत्पादन हुने देखिएको छ । म्याग्दीमा महामारीकै रूपमा औँसाको प्रकोप देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको सुन्तला जोन सञ्चालक समन्वय समितिका संयोजक खिमबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार परियोजनाले समेटिएको म्याग्दीको बेनी नगरपालिकासहित, मंगला, मालिका, रघुगंगा र अन्नपूर्ण, पर्वतको जलजला, बाग्लुङको काठेखोला गाउँपालिका र बाग्लुङ नगरपालिकामा समेत बोटबाटै अस्वाभाविक रूपमा सुन्तला झर्ने समस्या बढेको पाइएको छ ।

सुन्तलाको व्यवसायीकरणमा सघाउन जोन परियोजना कार्यान्वयनमा ल्याइएको भए पनि रोग र संक्रमण व्यवस्थापनमा परियोजनाले ध्यान नदिएको कृषकहरूको गुनासो छ । बोटबाट रोग संक्रमित भएर झरेका फलमा हुने औँसाका लार्भाहरू माटोभित्र जाने खतरा हुने र यसको प्रकोप नियन्त्रणबाहिर जान सक्ने खतरा रहेको कृषिविज्ञहरू बताउँछन् । सोही कारण झरेका फलको व्यवस्थित व्यवस्थापन र नष्ट गर्न उनीहरूले सुझाब दिएका छन् ।

झरेका फलहरूबाट अन्य बोटमा आँैसा फैलन नदिन एक फुट गहिरो खाडल खनेर प्लास्टिकको झोलामा राखेर माटोले पुर्नुपर्ने भएकाले कृषकहरूलाई निःशुल्क प्लास्टिकको झोला दिइएको कृषि ज्ञानकेन्द्रका कृषि प्रचार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए । उ

नका अनुसार म्याग्दीमा यस सुन्तलाको फल ठूलो भए पनि औँसा किराको प्रकोपले गर्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने अनुमान गरिएको छ । कार्यालयले स्थलगत रूपमा कृषकका बगैँचामा पुगेर प्रकोपको अध्ययन र निरीक्षण गरेको र फल टिपिसकेपछि रोकथामका लागि आवश्यक कदम चाल्ने योजना बनाएको जनाइएको छ ।

जिल्लाको ६ वटै स्थानीय तहको ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गत वर्ष २ हजार ४ सय १२ मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । जिल्लामा वार्षिक १७ करोडको हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको छ । 

ad
ad