१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
जीवन बस्नेत काठमाडौं
२o८१ जेठ १ मंगलबार o९:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

चीनले डेढ अर्ब लागतमा अरनिको राजमार्ग बनाइदिने

पहिलो चरणमा पाँचखालदेखि कोदारीसम्म पुनर्स्थापना गर्ने चिनियाँ प्रस्ताव अरनिको राजमार्ग तत्काल डबल लेनमा स्तरोन्नति नहुने

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o९:२o:oo

२०७२ सालको महाभूकम्प र त्यसपछि गएको बाढीपहिरोका कारण क्षतिग्रस्त अरनिको राजमार्ग चीनले बनाइदिने भएको छ । नेपाल–चीन नाका जोडिने अरनिको राजमार्गलाई चिनियाँ रकम ८० मिलियन युवान (१ अर्ब ४४ करोड २० लाख रुपैयाँ) लगाएर पुनस्र्थापना गरिदिने प्रस्ताव आइतबार प्राप्त भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) लक्ष्मीदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार पुनस्र्थापना कार्य गर्ने प्रस्ताव चिनियाँ दूतावासमार्फत प्राप्त भएको हो । चिनियाँ सरकारले प्रस्ताव पठाए पनि तत्काल काम थालनी हुने सम्भावना भने छैन । कोरोना महामारीका कारण तत्काल चिनियाँ निर्माण टोली आउने सम्भावना नभएको सडक विभागका अधिकारीहरूको भनाइ छ । 

पाँचखालदेखि कोदारीसम्म बनाइदिने 
सडक विभागका अनुसार चीन सरकारले अहिले ४७ किलोमिटरदेखि १ सय १४ किलोमिटरसम्म पुनस्र्थापना गर्ने प्रस्ताव गरेको छ । ‘यो भनेको पाँचखालदेखि कोदारीसम्म हो । प्रस्तावअनुसार सडकको स्तरोन्नति हुनेछैन । तर, भूकम्प र बर्सातले क्षति पुगेको स्थानमा पुनस्र्थापना गर्ने काम हुनेछ । 

अरनिको राजमार्ग तत्काल डबल लेनमा स्तरोन्नति नहुने 
चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणमा नेपालले अरनिको राजमार्गलाई डबल लेनमा स्तरोन्नति गर्ने एजेन्डा प्रस्तुत गरेको थियो । नेपाल–चीन जोड्ने तातोपानी सीमानाका (मितेरीपुल)देखि धुलिखेलसम्म डबल लेन कालोपत्रे गर्ने विषय दुईपक्षीय भेटघाटमा उठाएको थियो ।

चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा दुवै पक्षबीच एकपछि अर्को गर्दै अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सुधार गर्दै लैजान सहमत पनि भएका थिए । त्यसका लागि सडक पुनर्निर्माण र स्तरोन्नति गर्ने उल्लेख थियो । त्यो काम प्राथमिकताका आधारमा गरिने संयुक्त वक्तव्यमा उल्लेख छ । 

याक हिँड्ने बाटोलाई सन् १९६० मा चिनियाँ सहयोगमै सडकमा रूपान्तरण गरिएको थियो । अरनिको सडक नेपाल–चीन जोड्ने पहिलो राजमार्ग हो । सिंहदरबारनजिकै माइतीघर मण्डलादेखि सुरु हुने यो राजमार्ग कोदारीस्थित मितेरीपुलमा गएर टुंगिन्छ ।

१ सय १२ दशमलव ८३ किलोमिटर कुल लम्बाइको यो राजमार्गको धुलिखेलदेखि कोदारीसम्मको दूरी भने ८२ दशमलव ८३ किलोमिटर छ । वर्ष दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइसकेका कारण धुलिखेलदेखि कोदारी राजमार्गसम्मको सडक डबल लेनमा स्तरोन्नति गर्ने प्रस्ताव चिनियाँ पक्षसँग राखेको थियो । 

यो वर्षको बर्खामा धेरै क्षति हुनेमा अरनिको राजमार्ग 
सडक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको वर्षाले अरनिको राजमार्गको अधिकांश ठाउँमा क्षति
पुर्‍याएको छ । बर्खामा राजमार्ग अवरुद्ध हुँदा लामो समयसम्म सडक एकतर्फी सञ्चालनमा छ । अझै केही ठाउँमा वैकल्पिक व्यवस्था गरेर सडक सञ्चालन गरिएको सडक विभागका उपमहानिर्देशक शिवहरि शर्माले जानकारी दिए ।

राजमार्गको कोठे, लामासाँघु बाह्रबिसे, खुर्सानीबारी, सिरिसे, खग्दोल, जम्बु, झ्याले, चाकु डाकलांक, माथिल्लो भोटेकोसी ड्याम क्षेत्र, घट्टे खोलालगायतका १५ स्थानमा पुल र सडकमा समस्याका कारण राजमार्ग अवरुद्ध भएको थियो । अझै पनि अधिकांश ठाउँमा एकतर्फी यातायात सञ्चालनमा रहेको छ । 

ad
ad