१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:oo:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भारतकै प्रस्तावमा सहमति ‘एयर बबल’मार्फत नेपाल–भारत उडान हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:oo:oo

नेपाल र भारत हवाई उडान ९ महिनापछि खुल्ने भएको छ । भारतले गत भदौमा नै ‘एयर बबल’मार्फत उडान गर्ने प्रस्ताव नेपाल पक्षलाई पठाएको थियो । तर, नेपालले एयर बबलमार्फत नभई नियमित उडान नै गर्ने अडान लिएको थियो । भारतले गरेको एयर बबलको प्रस्तावअनुसार दुई देशका मात्रै नागरिक आवतजावत गर्न पाउनेछन् । त्यसैगरी, भारतबाट दैनिक एक र नेपालबाट पनि दैनिक एक मात्रै उडान गर्न पाइनेछ ।

पिसिआर परीक्षणको रिपोर्ट अनिवार्य पेस गर्नुपर्नेछ । तेस्रो मुलुकको नागरिक नेपालबाट जानुपरेमा भारत सरकारको अनुमति आवश्यक पर्नेछ । अहिले भारतले २१ देशसँग एयर ट्राभल बबलअन्तर्गत उडान खुलाएको छ । भारतले गत ७ भदौमा नै नेपाली दूतावासमार्फत उडान प्रस्ताव पठाएको थियो ।

नेपालले तीन महिना अडान लिए पनि भारतीय पक्षले बबलबाट मात्रै उडान गर्ने सक्ने जनाउ दिएको थियो । अन्ततः नेपाल पक्षले पनि ‘एयर बबल’मार्फत नै उडान गर्न सहमति जनाउँदै प्रक्रिया अगाडि बढाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने । उनले भने, ‘एयर बबलमार्फत नै उडान गर्ने निर्णय गरेका हाैँ ।’

उडान अनुमतिको जानकारी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई गराउने भएको छ । सबै प्रक्रिया हुँदा अझै केही साता लाग्न सक्ने उनले बताए । मन्त्रालयले प्राधिकरणलाई प्रक्रिया अगाडि बढाउन बुधबार नै पत्रसमेत काटेको छ । 

सरकारले भारतसहित सार्क देशमा नियमित उडान खुलाउने निर्णय गरे पनि भारतले भने डिसेम्बरको अन्त्यसम्म नियमित उडान नखुलाउने जनाउ दिइसकेको छ । नेपालले मध्यपूर्व, चीन, हङकङ, बैंकक, जापानमा गत १७ भदौदेखि नै नियमित उडान खुलाएको थियो । भारत र सार्क मुलुकमा नियमित उडान खुलेको थिएन । सरकारले गत १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेपछि २ लाखभन्दा बढी हवाई यात्रुले सेवा लिएका छन् । 

खासगरी भारतमा उडान नखुल्दा विद्यार्थीदेखि बिरामीहरू उपचारमा जान–आउनसमेत समस्या भएकाले अब उडान खुला गर्ने भएपछि सहज हुने अनुमान गरिएको छ । नेपालबाट सार्क मुलुकहरू भारत, भुटान र बंगलादेशसँग पनि उडान हुनेछ । गत १७ भदौदेखि नै मलेसियासहित खाडी मुलुकमा उडान खुलेको छ । यता जापान तथा चीनमा समेतमा उडान खुलेको छ । 

विगत लामो समयदेखि नेपाल–भारत उडान हुन नसक्दा नेपाल वायुसेवा निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ । निगमको सबैभन्दा बढी नाफा आर्जन गर्ने गन्तव्य गत ११ चैतदेखि बन्द भएको थियो । सरकारको निर्णयसँगै निगम भने नियमित उडानको तयारीमा लागेको थियो । निगमले लकडाउनभन्दा अगाडि दैनिक २ उडान दिल्लीमा मात्रै गर्दै आएको थियो । त्यस्तै, मुम्बई र बंैग्लोर सातामा तीन उडान गर्दै आएको थियो ।

करिब १ घन्टाको उडान हुने दिल्लीमा नेपाली र भारतीय यात्रुकै चाप हुने गर्छ । खासगरी नेपालबाट शिक्षा, स्वास्थ्यलगायत व्यापारिक उद्देश्यले जाने–आउने यात्रु बढी हुने भएकाले पनि निगमको दिल्ली उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको छ । 

निगमसँग १ सय ५८ सिट क्षमताका दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज छन् भने २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज रहेका छन् । निगमले हङकङ, बैंकक, मलेसिया, दुबई, साउदी, दोहा र नारिता उडान गरिरहेको छ । यता भारतका तीन गन्तव्यमा भने ११ चैतयता उडान हुन सकेको छैन । 

ad
ad