मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गुलियो केक’ खुवाएर र खाएर सुरु भयो नेकपा सचिवालय बैठक (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार १५:५६:००

सत्ता संघर्षको चरम उत्कर्षबाट गुज्रिरहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठकमा अनौठो संयोग जुटेको छ ।

कुनै पनि शुभकार्य आरम्भ गर्दा शुभ सगुनका साथ आरम्भ गर्ने नेपाली संस्कृति भएझैँ आजको नेकपाको सचिवालय बैठक गुलियो केक खुवाएर र खाएर सुरु भएको छ ।

तर, यस्तो संयोग भने नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको जन्मोत्सवका कारण जुटेको हो । 
उनी ६२ वर्षका भए । 

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसहित अन्य सचिवालय सदस्यहरूले महासचिव पौडेललाई केक खुवाएपछि बैठक औपचारिक रूपमा सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए । 

उपाध्यक्ष वामदेव गैतमले महासचिव पौडेललाई १०० वर्ष बाँच्नुहोस् भन्दै शुभकामना दिएका थिए । 

तस्बिर सौजन्य : सूर्य थापा