१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १६ मंगलबार
  • Thursday, 03 July, 2025
गणेश लम्साल विराटनगर
२o७७ मङ्सिर १६ मंगलबार १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

न्यायपरिषद्का सदस्य निरौला भन्छन्– परिषद् सदस्य न्यायाधीश हुनु मर्यादाविपरीत

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर १६ मंगलबार १५:४१:oo

न्यायपरिषदमा नियुक्त भइसकेको व्यक्ति अदालतको न्यायाधीश बन्नु र वकालत पेसा गर्ने काम मर्यादाविपरीत हुने न्यायपरिषद्का सदस्य लक्ष्मीबहादुर निरौलाले बताएका छन् । 

मंगलबार उच्च अदालत विराटनगरमा न्यायालयको शुद्धीकरणबारे छलफलमा बोल्दै न्यायपरिषद् सदस्य निरौलाले परिषदमा गइसकेपछि सर्वाेच्चमा न्यायाधीश खान जानु वा वकालत पेसा गर्नु अर्मादित हो भनेका हुन् । 

‘न्यायपरिषद् अदालतका लागि न्यायाधीशहरू नियुक्त गर्ने निकाय भएकोले त्यही निकायको पदाधिकारी भइसकेपछि छाडेर वा पदावधि सकिएपछि पुनः न्यायाधीश हुनु वा वकालत पेसा गर्दा मर्यादामा आँच पुग्छ यसैले यसमा सुधार आवश्यक छ,’ सदस्य निरौलाले भने ।

उनले न्यायपरिषद् सदस्य भइसकेको व्यक्तिले वकालत पेसा गर्न पाउनुपर्छ भन्ने सर्वाेच्च अदालतको नजिर खारेज हुनुपर्नेमा जोड दिए । 

सदस्य निरौलाले अदालतमा न्यायाधीश नियुक्त गर्दा राजनीतिक आस्थाको आधारमा नभएर दक्षताका आधारमा गरिनुपर्नेमा आफूहरूले जोड दिने बताए ।  

अदालतमा हुने भ्रष्टाचार, अनियमित कार्यको अवस्था अनुगमन गर्न गठित सुधार समितिको समेत सदस्य रहेकोले निरौला अवस्था बुझ्न विराटनगर आएका हुन् ।