१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक सुरु, दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:२७:oo

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

यसअघि धुम्बाराहीस्थित पार्टी कार्यालयमा बस्ने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएको थियो ।

महासचिव विष्णु पौडेलले ‘सुरक्षा थ्रेट’ देखिएको भन्दै बैठकस्थल सारिएको सूचना सदस्यहरूलाई पठाएका थिए ।

बैठकमा यसअघि पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले राखेको बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने कार्यसूची छ ।

नेकपाका दुई अध्यक्षले एक–अर्कालाई आरोप–प्रत्यारोप गर्ने गरी राजनीतिक प्रतिवेदन सचिवालय बैठकमा राखेका छन् ।

दाहालले गत २८ कात्तिकमा अध्यक्ष ओलीमाथि विभिन्नखाले गम्भीर आरोपसहित आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले यही १३ मंसिर शनिबार बसेको सचिवालय बैठकमा आफ्नो प्रतिवेदन राखेका थिए ।

त्यसपछि आज बस्ने सचिवालय बैठकमा सचिवालय सदस्यहरूले दुवै अध्यक्षहरूका प्रतिवेदनबारे आ–आफ्नो धारणा राख्ने जनाइएको छ ।

दुई अध्यक्षको एक–अर्कामा आरोपले भरिएको राजनीतिक प्रतिवेदन बैठकमा प्रस्तुत भएपछि नेकपामा विवाद तथा आरोप–प्रत्यारोपको क्रम नेतृत्व तहमा देखिन पुगेको छ ।

गत ३ मंसिरको सचिवालय बैठकले १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

ad
ad