१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघमा अध्यक्ष गोल्छाको पदबहाली कोषाध्यक्षमा हिराचन निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:५५:oo

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । सोमबार महासंघ सचिवालय टेकुमा भएको निर्वाचनमा हिराचनले ४० मत हासिल गरेर कोषाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी डिबी बस्नेतले ३१ मत प्राप्त गरेका थिए । कोषाध्यक्ष निर्वाचित भएसँगै महासंघको पदाधिकारी समितिले पनि पूर्णता पाएको छ । 

महासंघको विधानअनुसार निर्वाचित कार्यकारिणी सदस्यले कोषाध्यक्ष चयन गर्नुपर्छ । हिराचन शेखर गोल्छा र पशुपति मुरारका समर्थक हुन् भने बस्नेत चण्डी ढकाल र चन्द्र ढकाल समर्थक हुन् । निर्वाचित भएसँगै हिराचनले पद तथा गोपनीयताको शपथग्रहण गरिसकेको महासंघ सचिवालयले जानकारी दिएको छ । 

गोल्छाद्वारा अध्यक्षको पद बहाली 
नवनिर्वाचित अध्यक्ष शेखर गोल्छाले सोमबार नै महासंघमा एक कार्यक्रमबीच अध्यक्षको पदबहाली गरेका छन् । पदबहालीसँगै सचिवालयमा सम्बोधन गर्दै उनले आफ्नो कार्यकाल सफल पार्न कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, ‘मेरो सफलता तपाईंहरूको पनि सफलता भएकाले तपाईंहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु ।

महासंघमा तपाईंहरूको विज्ञता र तपाईंहरूले दिने सेवा अमूल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडि बढाएका कार्ययोजनालाई प्रभावकारी रूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’ 

उचित वातावरण भएमा साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति आफू पूर्ण विश्वस्त रहेको बताउँदै भने, ‘सचिवालयलाई पूर्ण रूपमा सुदृढीकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोहीअनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी सञ्चालन, सेवा–सुविधालगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेसनल अर्गनाइजेसनका रूपमा सञ्चालन गर्ने मेरो लक्ष्य छ ।’
 

ad
ad