१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेप्सेमा करेक्सनको सम्भावना 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o५:५६:oo

गत साता सेयर बजारले ४ वर्ष ४ महिना लगाएर नेप्सेको पुरानो उचाइ तोडेर नयाँ उचाइ बनायो । बिहीबार अन्तरदिनको कारोबारमा १ हजार ९ सय २७ सम्मको उचाइ छोएको नेप्से बजार बन्द हुँदा १ हजार ८ सय ९३ बिन्दुमा आएको हो । पुरानो उचाइ पार गरेपछि नेप्सेले नयाँ उचाइ बनाएको हो । 

साताभरमा ३१ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा दैनिक औसत कारोबार रकम ६ अर्ब ३० करोड हुन थालेको छ । बजार पुँजीकरण २५ खर्ब ३७ अर्ब पुग्दा प्रमुख १० ठूला कम्पनीको बजारमा भार ३५ प्रतिशत पुगेको छ । गत साता रकमका आधारमा उच्च कारोबार हुने प्रमुख १० कम्पनीमा समेत ६ ठूला कम्पनी परेका छन् । 

बजार उच्च हुँदा नयाँ लगानीकर्तासमेत आकर्षित हुने भएकाले जथाभावी लगानी गर्ने प्रवृत्तिले भने जोखिम निम्त्याउने बजार विश्लेषकहरूले बताइरहेका छन् ।अहिले ठूला, तर सर्वसाधारणमा कम सेयर जारी गरेका कम्पनीहरूमा समेत कर्नरिङ बढेको उनीहरूको दाबी छ । वित्तीय विवरण प्रकाशित गर्नै बाँकी रहेका, केही समयदेखि साधारणसभा नगरेका, हाल राम्रोसँग सञ्चालन हुन नसकेका, जलविद्युत् कम्पनीहरूमध्ये नोक्सानमै रहेका कम्पनीहरूमा समेत लगानीकर्ताले सट्टाबाजी कारोबार गरिरहेकाले सचेत हुनुपर्ने अवस्था छ । भविष्यको आम्दानी र हालको वित्तीय अवस्था हेरेरै मात्र लगानी गर्न विज्ञहरू सुझाउँछन् । 

प्राविधिक विश्लेषण 
नेप्सेले अब कुन बिन्दु नयाँ उचाइका रूपमा रहनेछ भन्ने कुरा यसै भन्न सकिँदैन । यसअघि नेप्सेले ०६५ को उचाइ १ हजार १ सय ७५ तोडेर अर्को रेकर्ड बनाउँदा ७ सय ६ अंक जोडेको थियो । यससँगै ०७३ मा नेप्सेले १ हजार ८ सय ८१ को उचाइ बनाएको थियो ।

हाल नेप्सेले यो बिन्दु छोएको मात्रै छ । यसअघि १ हजार १ सय ७५ बाट घटेर २ सय ९२ सम्म ओर्लिएको नेप्सेले १ हजार ८ सय ८१ बिन्दु बनाउँदा १ सय ७९ प्रतिशत रिट्रेसमेन्ट गरेको थियो । अहिले नेप्सेले १ हजार ८ सय ८१ बाट १ हजार १ सयको तहसम्म पुगेर फर्किंदा १ सय १ प्रतिशत रिटे«समेन्ट गरेको छ । त्यसैले नेप्सेले थप केही अंक जोड्न सक्नेछ । तर, यति नै समयमा यतिकै अंक जोडिन्छ भन्न सजिलो छैन । विश्लेषक तथा लगानीकर्ता विष्णुप्रसाद बस्याल इलियट वेभ थ्यौरीले नेप्सेले २ हजार २ सय बिन्दुसम्मको उचाइ भेट्न सक्ने दाबी गर्छन् । 

यस साता बजार भने करेक्सनमा जान सक्ने सम्भावना छ । नेप्सेको मैनबत्ती चित्रले पनि यस्तो देखाइरहेको छ । अल्पकालीन प्रवृत्ति हेर्न प्रयोग हुने मैनबत्ती चित्रअनुसार नेप्सेले अन्तिम दिन सानो शरीरसहितको सुटिङ स्टार आकृति बनाएको छ । लगभग स्पिनिङ टप्सजस्तो आकृति देखिए पनि यसको तल्लो धागो तुलनात्मक रूपमा छोटो छ । सुटिङ स्टारले बजार करेक्सनमा जाने संकेत गरे पनि यो दरिलो संकेत होइन । लगानीका लागि आगामी कारोबार हेर्नु सही हुन्छ । 

नेप्सेको ७ दिने मुभिङ एभरेज रेखा २१ दिने रेखाभन्दा माथि नै दूरीमा छ । यसले बजार अझै बुलिस प्रवृत्तिमा छ । नेप्सेको १४ दिने आरएसआई सूचकले नेप्से ९६ स्केलमा रहेको संकेत गर्छ । यो भनेको अधिक खरिदको क्षेत्र हो । आरएसआईको स्केल शून्यदेखि १ सयसम्म हुन्छ, ९० माथि गएसँगै बजारमा बिस्तारै करेक्सन हुने अनुमान गरिन्छ ।

ad
ad