मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
वाङ जिन
२०७५ पौष ४ बुधबार ०७:४०:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

जेरुसेलमलाई अस्ट्रेलियाको मान्यता किन ?

Read Time : > 1 मिनेट
वाङ जिन
२०७५ पौष ४ बुधबार ०७:४०:००

अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरे । उनको यस घोषणाले धेरै अस्ट्रिलियन नागरिकलाई समेत तरंगित बनाएको छ । उनको निर्णयसँगै पश्चिमी जेरुसेलमलाई राजधानीको मान्यता दिने थोरै देशभित्र अस्ट्रेलिया पनि परेको छ । तर, इजराइल र प्लोस्टाइनबीच सहमतिपछि मात्रै अस्ट्रेलियाले पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको मान्यता दिने भनाइ मोरिसनको छ । 

अस्ट्रेलियन दूतावासलाई भने तत्काल तेलअभिभबाट जेरुसेलममा नसारिने मोरिसनले बताएका छन् । अहिलेसम्म अमेरिका, पराग्वे र ग्वाटेमालाले मात्र तेलअभिभमा रहेको उनीहरूका दूतावासलाई जेरुसेलमा सार्ने निर्णय गरेका थिए । यद्यपि, पाराग्वेमा नयाँ सरकार आएसँगै दूतावास सार्ने निर्णय उल्ट्याइएको छ । वास्तवमा, अस्ट्रेलियामा रहेका यहुदी मतदातालाई आकर्षित गर्ने उद्देश्यसाथ अस्ट्रेलियन प्रधानमन्त्री मोरिसनले पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेका हुन् । घरेलु राजनीतिक दबाब कम गर्न पनि मोरिसनले यस्तो निर्णय गरेका हुन सक्छन् । प्रधानमन्त्री मोरिसनले आगामी दिनमा निर्वाचनको सामना गर्नुपर्ने हुन्छ । यसकारण, आउँदो निर्वाचन जित्नका लागि उनले घरेलु भूमिमा रहेका यहुदी तथा ह्वाइट हाउस दुवैको समर्थन आवश्यक हुन्छ ।

यहुदी मतदातालाई आकर्षित गर्न प्रधानमन्त्री मोरिसनले पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणा गरेका हुन्

मध्यपूर्व विज्ञ र राजनीतिज्ञसँगको सल्लाहपछि मोरिसनले पश्चिमी जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय लिएका हुन् । बडो सावधानी र चातुर्यसाथ उनले यस्तो निर्णय लिएका छन् । उनले सिंगो जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता नदिएर पश्चिमी जेरुसेलमलाई मात्र राजधानीको मान्यता दिएका छन् । पूर्वी जेरुसेलमचाहिँ इजराइल र प्यालेस्टाइनबीचको द्वन्द्वको मुख्य कारण भएकाले अस्ट्रेलियाले सिंगो जेरुसेलमलाई राजधानीको मान्यता नदिएको हो । तेलअभिभबाट जेरुसेलममा अस्ट्रेलिन दुतावास तल्काल नसार्ने, तर पश्चिमी जरुसेलममा चाहिँ अस्ट्रेलियाको रक्षा तथा व्यापार कार्यालय खोल्ने निर्णय प्रधानमन्त्री मोरिसनले गरेका छन् । 

इजरायलले सन् १९४८ मा पश्चिमी जेरुसेलमलाई नियन्त्रणमा लिएको थियो । इजरायली सरकारले विकास निर्माणका कार्य तथा पुनर्संरचना पनि पश्चिमी जेरुसेलममा बढाएको छ । यसकारण, पश्चिमी जेरुसेलमलाई मात्र इजरायलको मान्यता दिँदा अन्य अरब मुलुक तथा मुस्लिम समुदाय आक्रोशित नहुने विश्वास मोरिसनले लिएका हुन सक्छन् । आधुनिक इतिहासको सबैभन्दा संवेदनशील मुद्दामध्ये जेरुसेलम पनि पर्छ । जेरुसेलमको मुद्दा इजरायल र प्यालेस्टाइनको द्विपक्षीय मुद्दासँग मात्र जोडिएको छैन, इजरायल र अरब देशसँगको सम्बन्धसँग पनि जोडिएको छ । गतवर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिने घोषणालाई अरब तथा मुस्लिम देशले व्यापक आलोचना गरेका थिए । मुस्लिम देशका लागि जेरुसेलम शून्य सहनशीलताको मुद्दा हो ।  


लेखक चीनको नर्थवेस्ट विश्वविद्यालयका शोधकर्ता हुन् ।
चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन)बाट ।