१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

२० भन्दा कम विद्यार्थी रहेका प्राविमा पठनपाठन सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:२५:oo

निमावि र माविमा जोर–बिजोरका आधारमा सिकाइ सहजीकरण

लमजुङको दोर्दी गाउँपालिकामा २० जनाभन्दा कम विद्यार्थी रहेका प्रावि तहको विद्यालयमा पठनपाठन सुरु भएको छ । कोभिड–१९ ले बन्द भएको र दसैँअगाडि केही समय पठनपाठन सञ्चालन भएका पालिकाका सबै विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै बुधबारबाट पठनपाठन सुरु गरिएको हो । 

गाउँपालिका शिक्षा समितिको बैठकले ३ मंसिरदेखि सञ्चालन गर्ने निर्णयअनुसार नै पालिकाका विद्यालयमा पठनपाठन सुरु गरिएको दोर्दी गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत भीमप्रसाद लामिछानेले बताए । गत ११ असोजदेखि पालिकामा पठनपाठन सुरु भएको केही हप्ता नपुग्दै जिल्लामा कोरोना संक्रमितको संख्या बढेकाले पुनः विद्यालय बन्द गरिएको थियो । 

लामिछानेका अनुसार २० भन्दा धेरै विद्यार्थी रहेको निमावि र माविमा जोर–बिजोरका आधारमा सिकाइ सहजीकरण गरिने भएको छ । विद्यार्थीलाई अनिवार्य मास्क, स्यानिटाइजर र साबुनपानीले हातखुट्टा धुनेलगायत सबै स्वास्थ्य सावधानी अपनाउन लगाइएको छ । जिल्लाका अन्य पालिकाका विद्यालयले पनि सञ्चालनको तयारी गरेका छन् । दोर्दी गाउँपालिकामा आठवटा मावि, नौवटा निमावि र ३५ प्रावि छन् । 

ad
ad