१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

छठ पर्व सुरु भएसँगै सिराहामा पोखरीहरूको सजावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o९:oo

छठ पर्व सुरु भएसँगै मुख्य दिन ‘सन्ध्याकालीन अर्घ्य’का निम्ति सामग्री व्यवस्थापन र पोखरी, तलाउ, नदीलगायत जलाशय सफा गरेर सजाउने काम सुरु भएको छ । सदरमुकाम सिराहाको दुर्गा पोखरी, गोरियारी पोखरी, पञ्चमुखी बाबाजी पोखरी, राजदेवी पोखरीसँगै कमला, बलान, गागन, घुर्मी नदीहरू र अन्य बजार क्षेत्रका पोखरीमा पूजास्थल निर्माण र सजाउने काम तीव्र रूपमा भइरहेको छ । 

यता ग्रामीण र मुख्य बजार क्षेत्रहरू सदरमुकाम सिराहा, लहान, मिर्चैया, गोलबजारमा विशेष रूपमा माटो र बाँसको चोयाले बनेका पूजा सामग्रीको खरिद–बिक्री बढेको छ । त्यससँगै झुप्पावाला केरा, फलफूल किन्न बजारमा भिडभाड देखिएको छ । माटोका घैला, हात्ती, दिया, ढकना र बाँसको चोयाले बनेका ढकिया, सुपा, कोनिया, डगरी, झुप्पावाला केरा, नरिवल, पातसहितको उखुको खरिद–बिक्री बढेको हो ।

बुधबारदेखि सुरु भएको छठ पर्वको दोस्रो दिन भोलि खरना रहेको छ । दिनभरि व्रत बसेका व्रतालुहरू खरनामा विशेष प्रकारको खिर बनाउने गर्छन् । खिर प्रसादका रूपमा ग्रहण गरेपछि व्रतालुहरूको निराहार व्रत सुरु हुन्छ । आगामी शुक्रबार अस्ताउँदो सूर्यलाई र शनिबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सम्पन्न हुने प्राध्यापक चन्देश्वरप्रसाद यादवले बताए ।
 

ad
ad