Skip This
सहरी सडकमा अनिवार्य साइकल लेन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार १o:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सहरी सडकमा अनिवार्य साइकल लेन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १o:१४:oo

साइकल लेनबारे विस्तृत अध्ययन गर्न कार्यदल बनाइने

सहरी क्षेत्रमा बन्ने र बनिरहेका सबै सडकमा अनिवार्य साइकल लेन बनाउनुपर्ने भएको छ । सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले साइकल लेनसहित सडक निर्माण गर्ने जिम्मा लिएका ठेकेदारले लेन नबनाएको भए निर्माण गर्न निर्देशनसमेत दिएका छन् । ‘सहरी सडक निर्माण गर्दा साइकल लेन बनाउनुपर्ने व्यवस्था भए पनि निर्माण भइरहेको सडकमा साइकल लेन छैन,’ उनले भने, ‘साइकल लेन निर्माणले वातावरण र आर्थिक रूपमा समेत प्रभाव पार्छ ।’ 

यसअघि साइकलप्रेमी अभियन्ताका तर्फबाट नेपाल साइकल सोसाइटीले शुक्रबार सबै सहरी सडकमा साइकल लेन बनाउन माग गर्दै मन्त्रीलाई अनुरोधपत्र बुझाएका थिए । मन्त्री श्रेष्ठले १० बुँदे अनुरोधपत्र बुझ्दै सहर विकाससँगै साइकल लेनको विस्तारमा ध्यान दिने बताए । अभियन्ताले दिएका सुझाबलाई कार्यान्वयन गर्न लागिपर्ने उनको भनाइ छ ।  अभियन्ताले दिएको सुझाबलाई कार्यान्वयन गर्न तत्काल विस्तृत अध्ययन कार्यदल बनाउने तयारी गरेको छ ।

अध्ययनका आधारमा सातै प्रदेश र ठूला सहरका स्थानीय तहमा सल्लाह गरी सबै सडकमा साइकल लेन बनाउन नेतृत्व गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । सहरी विकास मन्त्रालयको संयोजनमा सरोकारवाला मन्त्रालय, साइकल सोसाइटीका अधिकारी, वातावरणविद्लगायतका अधिकारी सम्मिलित कार्यदल बनाएर काम अघि बढाउने योजना रहेको छ । 

सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले पोखरा, भरतपुर, काठमाडांै, विराटनगर, जनकपुरलगायत ठूला सहरी सडकमा साइकल लेन बनाउनैपर्नेमा जोड दिए । वातावरण परिवर्तनबाट हुने असरलाई जोगाउन साइकल लेनले महŒवपूर्ण भूमिका राख्ने र मानव स्वाथ्य र वातावरणका लागि साइकल लेन आवश्यक रहेकोमा जोड दिए । सोसाइटीका अध्यक्ष रत्न श्रेष्ठले नेपालमा साइकल चढ्नेको संख्या बढ्दै गएको र सहरी सडकमा साइकल लेनको अभाव रहेको गुनासो गरे । नेपाल सहरी मापदण्ड–२०७६ स्वीकृत भई कार्यान्वयनको अवस्थामा सडकलाई पाथ, सडक, मार्ग र उपमार्गहरूमा वर्गीकरण गर्नुपर्ने उनको सुझाब छ । 

साइकल लेनको अभावका कारण भएको दुर्घटनालाई रोक्न र निर्बाध रूपमा साइकलमा यात्रा सुरक्षित गर्न साइकल लेनको आवश्यकतामा जोड दिए । सोसाइटीले विभिन्न महानगर, उपमहानगर र नगरपालिकामा साइकल लेन, साइकल स्ट्यान्ड निर्माणसहितको नमुना योजना सुरु गर्न माग गरेको छ । सोसाइटीले साइकलिस्ट तथा वातावरणविद् प्रह्लाद योञ्जनको साइकल दुर्घटनामा मृत्यु भएको सम्झनामा  साइकल दुर्घटना भएको स्थल त्रिवि गेटनजिक साइकल पार्क निर्माण गर्न आग्रह गरे । मन्त्री श्रेष्ठले सरकारले साइकल दिवस र पार्क बनाउने विषयमा पहल गर्ने बताए ।

ad
ad