१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बजार अनुगमन : बेसीसहरका अधिकांश पसल दर्ताविना नै सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १o:५५:oo

लमजुङको सदरमुकाम बेसीसहरका बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको अगुवाइमा बजार अनुगमन गरिएको हो । उपभोक्ताको हित र स्वास्थ्य सुरक्षाका लागि बेसीसहरको सहजी बजार, मनाङे चौतारा र पुरानो बैंकदेखि घलेगाउँ चोकसम्मका किराना पसल, मासु पसल, फेन्सी र कस्मेटिक पसलहरूको अनुगमन गरिएको हो । 

अनुमगमनका क्रममा अधिकांश पसलहरू दर्ताविनै सञ्चालन भएको पाइएको छ । त्यस्तै पसलहरू नगरपालिकामा सूचीकृत नभएको, साइन बोर्ड नभएको, नवीकरण नगरिएको, मूल्यसूची नभएको, खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै व्यवस्थापन नगरिएको, म्याद गुज्रिएका सामानहरू भेटिएको, मासु पसल फोहोर भएको, मदिराजन्य पदार्थ इजाजतविना बिक्री–वितरण गरिएको, फेन्सी पसलमा गुणस्तरीय सामग्री र गुणस्तरहीन सामग्रीको व्यवस्थापन नगरिएको, खरिद बिल नभेटिएको, कास्मेटिक पसलमा फेन्सी सामग्री राखिएको, यसअघि गरिएका अनुगमन पालना नगरेको भेटिएको अनुगमन समितिका संयोजक एवं घरेलु तथा साना उद्योग विकास कार्यालयका प्रमुख टोपलाल भुसालले बताए ।

उनका अनुसार दर्ता गरिएभन्दा फरक सामग्री बिक्री गरिएको पसलमा उद्देश्य थप गर्न, दर्ता नगरिएको भए दर्ता गर्न र साइनबोर्ड राख्न मंसिर ८ गतेसम्मलाई निर्देशन दिइएको छ । दुई दिनसम्म गरिएको बजार अनुगमनमा फेन्सी, कास्मेटिक, किराना र मासु पसल गरी २० वटा पसल अनुगमन गरिएको छ । साथै दर्ता नभएका पसललाई दर्ता गरेर सञ्चालन गर्न अनुरोध गरीएको छ । 

अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेको सामान भेटिएकाले त्यसलाई तुरुन्त हटाउन निर्देशन गरिएको बेसीसहर नगरपालिकाका नायव सुब्बा गोविन्द राउतले बताए । 


 

ad
ad