१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२o८१ जेठ २ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई लाख नगदसहित कावासोतीबाट आठ जुवाडे पक्राउ 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o८१ जेठ २ बुधबार १o:१४:oo

नवलपुर प्रहरीले कावासोतीमा जुवा खेलिरहेको अवस्थामा करिब दुई लाख रुपैयाँ नगदसहित आठजनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुधबार बिहान कावासोती– १५ गुदारस्थित  मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा आठजनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा देवचुली– ११ का ३६ वर्षीय लिलबहादुर राना, कावासोती– १५ का २७ वर्षीय युवराज महतो, २६ वर्षीय रुमेश महतो, ४२ वर्षीय मीनबहादुर थारू, कावासोती– १७ का ३३ वर्षीय मधु मगर, कावासोती– ८ का ३५ वर्षीय जितेन्द्र शाह र बुलिङटार– ४ निवासी ३० वर्षीय छालबहादुर मुक्मी रहेका छन् ।

 उनीहरूको साथबाट प्रहरीले तीन बुक तास, नेपाली रुपैयाँ एक लाख ८६ हजार नाै सय पाँच रुपैयाँ, १२ हजारको चेक, एक सय ३० रुपैयाँ भारतीय नोट र विभिन्न देशको पैसा दुई हजार दुई सय ५० रुपैयाँ बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुर र प्रहरी चौकी कोल्हुवाको टोली गएर उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकालाई जुवा ऐनअनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । 
 

ad
ad