१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : अध्यक्ष ओलीको सहमति नपाएपछि प्रचण्डको आह्वानमा सचिवालय बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५८:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किएको विवाद अर्काे गम्भीर मोडमा पुगेको छ । 

सचिवालय बैठकको माग गर्दै आएका पाँच नेतासहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नदिएपछि दाहालले मंगलबार सचिवालयको अनाैपचारिक बैठक डाकेका छन् । 

बैठक धुम्बाराहीस्थिति नेकपाको पार्टी कार्यालयमा अपराह्न ४ बजे बोलाइएको छ । 

यसअघि गत शुक्रबार पनि अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।

जसमा पाँचजना सचिवालयका सदस्यको उपस्थिति थियो । उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बेठक बोलाउन माग गर्दै पत्र बुझाइएको थियो । 

उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले सहमति नदिए बैठक डाक्ने जनाएकाे थियाे । 

ad
ad