१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

एफडिएद्वारा अल्जाइमरको औषधि प्रमाणित गर्न अस्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o७:oo

बायोजोन नामक औषधि कम्पनीले बनाएको अल्जाइमरको औषधिले बिरामीमा कुनै प्रभाव नपारेको भन्दै विवाद सुरु भएको छ । एडुकनुमब नामक अल्जाइमरको औषधि दुई दशकपछि बनेको पहिलो औषधि हो । औषधि प्रमाणित गरेर बजारमा पठाउन बनाइएको विज्ञ समूहले औषधिको प्रभावकारिताबारे शंका व्यक्त गरेको हो ।

शुक्रबार मेडिकल विज्ञहरूको संघीय प्यानलले औषधि समर्थन गर्ने तर्कलाई अस्वीकार गरेको हो । औषधि क्लिनिकल प्रयोगका लागि फुड तथा ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले प्रमाणित गर्न अस्वीकार गरेपछि अल्जाइमरको उपचारमा थप जटिलता थपिएको बताइएको छ । बायोजोनले एडुकनुमबमा दुई दशकदेखि परीक्षण गरिरहेको थियो । एडुकनुमबले अल्जाइमरको सफल उपचार गर्ने आशा व्यक्त गरिएको थियो । 

एफडिएको न्युरोसाइन्स विभागले औषधिमा कमजोरी देखाउँदै प्रमाणित गर्न अस्वीकार गरेको हो । शुक्रबार प्यानलले सात घन्टासम्म भर्चुअल मिटिङ गरेको थियो । एफडिएले औषधिमा एक दर्जनभन्दा बढी कमजोरी औँल्याएको छ । प्यानलमा सहभागी ११ मध्ये १० जना विज्ञले अल्जाइमर रोगको उपचारका लागि एडुकनुमबको प्रभावकारिता प्राथमिक प्रमाणको अनुसन्धानमा अझै विचार पुर्‍याउनुपर्ने बताएका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर हाल ३० मिलियन मानिस अल्जाइमरबाट पीडित छन् । सन् २०५० सम्म यो संख्या दोब्बर पुग्ने अनुमान गरिएको छ । एडुकनुमब औषधि अल्जाइमरको बिरामीलाई मासिक एन्ट्राभेनस इन्फ्युजनका रूपमा दिइन्छ । जसको प्रतिवर्ष ५० हजार अमेरिकी डलर पर्ने अनुमान गरिन्छ । एडुकनुमब प्रमाणित भएमा अल्जाइमरविरुद्धको पहिलो औषधि हुनेछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर हाल ३० मिलियन मानिस अल्जाइमरबाट पीडित छन् । सन् २०५० सम्म यो संख्या दोब्बर पुग्ने अनुमान गरिएको छ ।

औषधि तीन चरणमा क्लिनिकल परीक्षण गरिएको थियो, जसमध्ये एक परीक्षणमा मात्र औषधिको सकारात्मक असर देखाएको थियो । औषधिले अल्जाइमरका बिरामीमा कुनै पनि सकारात्मक प्रभाव नदेखाएपछि सन् २०१९ मार्चमा तेस्रो चरणको ट्रायल परीक्षण रोकिएको थियो । एफडिएले सामान्यतः तत्काल नियन्त्रणमा ल्याउनुपर्ने महामारीबाहेक कुनै पनि औषधि र भ्याक्सिन बजारमा ल्याउन दुईपटकसम्म सफल परीक्षण हुनुपर्ने सिद्धान्त बनाएको छ ।

विश्वभरिका वैज्ञानिकहरूले एउटा अध्ययनको आधारमा मात्र औषधि प्रमाणित गर्न नमिल्ने बताएका छन् । औषधिकौ प्रभावकारिता परीक्षणका लागि एकभन्दा बढी अध्ययन आवश्यक हुने एफडिएको बताएको छ । प्यानलमा सहभागी जम्मा एकजनाले मात्र औषधिको प्रभावकारिताबारे विश्वास गर्नुपर्ने तर्क दिएका थिए ।

हालसम्म अल्जाइमरको संज्ञानात्मक र मेमोरी लक्षणको उपचारका लागि पाँचवटा औषधि अनुमोदन गरिएका छन् । जसमध्ये कुनै पनि औषषि बिरामीको पूर्ण उपचारका लागि प्रमाणित गरिएका छैनन् । एडुकनुमब औषधि एक मानोकोनल एन्टिबडी हो, जुन अल्जाइमर रोगका कारण हुने बिटा एमाइलोइड प्रोटिनलाई लक्षित गर्छ । एमाइलोइड सञ्चयलाई कम गर्न हालसम्म औषधि पत्ता लागेका छैनन् । एडुकनुमब प्रभावकारी सिद्ध भएमा अल्जाइमरको उपचारका लागि सफल हुने देखिन्छ । 
 एजेन्सीको सहयोगमा  

ad
ad