Skip This
वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ कार्तिक २४ सोमबार
  • Tuesday, 11 August, 2026
२o७७ कार्तिक २४ सोमबार १o:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : उपाध्यक्ष ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ कार्तिक २४ सोमबार १o:२७:oo

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न तथा व्यवसायीका अधिकारका लागि सरकारसँग लबिङ गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । बुटवलमा आयोजित चुनावी अन्तक्र्रिया कार्यक्रममा वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने भन्दै आफू त्यसका लागि सक्षम र दाबेदार रहेको उनले बताए । 

ढकालले आफू महासंघको नेतृत्वमा आएपछि संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘आधा शताब्दीभन्दा लामो इतिहास बोकेको नेपालका समग्र उद्योगी–व्यवसायीहरूको यो साझा संस्थाको गरिमा र प्रतिष्ठालाई माथि उठाउने मेरो पहिलो काम हुनेछ ।’ 

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्र ढकाल जिल्लाकै साथीहरूसँग हातेमालो गरेर अघि बढ्ने बताउँदै ७७ वटै जिल्लामा विभिन्न खालका व्यापार–व्यवसाय फैलिएकाले केन्द्रमा मात्रै सीमित भएर बस्न नसक्ने बताए । 

यस्तै, कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधि तिवारीले जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरे । ‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ । तर, त्यसअनुरूप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी–व्यवसायीको अधिकार स्थापित गराउनका लागि मैले उम्मेदवारी दिएको हुँ ।’