१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
चिचिला गाउँपालिका–२ दिदिङमा फुसको छानो भएका विपन्न परिवारको घर 
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १ मंगलबार o८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

संखुवासभामा विपन्नको फुसको छानो हटाइँदै

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४६:oo

जिल्लामा एक हजार नौ सय ८० परिवारको फुसको छानो हटाइने, लाभग्राहीको तथ्यांक संकलन गर्न सुरु

विपन्न र आर्थिक अवस्था कमजोर भएका संखुवासभाका एक हजार नौ सय ८० परिवारको फुस (खर)को छानो हटाएर जस्तापाता लगाइने भएको छ । यसका लागि तथ्यांक संकलन सुरु गरिएको छ । 

नागरिकको आवास सुरक्षित बनाउने उद्देश्यले फुसको छानो हटाएर सरकारी अनुदानमा जस्तापाता उपलब्ध गराउन लागिएको हो । सहरी विकास मन्त्रालयले गरिब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत फुसको छानो हटाउने अभियान सुरु हुन लागेको सांसद राजेन्द्र गौतमले बताए ।

यसका लागि सांसद गौतमको संयोजकत्वमा सुरक्षित आवाससम्बन्धी समिति गठन भएको छ । समितिले भूगोल र जनसंख्याका आधारमा जिल्लाको १० वटै स्थानीय तहलाई संख्यासमेत छुट्याएको छ । जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको सदरमुकामको नगरपालिका खाँदबारी नगरपालिकामा तीन सय ४० र सबैभन्दा कम भोटखोला गाउँपालिकामा ६१ घरको खरको छानो फेरिने भएको छ । 

त्यस्तै, चैनपुर नगरपालिकामा तीन सय ६०, धर्मदेवी नगरपालिकामा एक सय ८६, पाँचखपन नगरपालिकामा दुई सय ४३, मादी नगरपालिका एक सय ७५ र चिचिला गाउँपालिकामा एक सय २९ परिवारको फुसको छानो हटाइनेछ । यस्तै, सिलिचोङ गाउँपालिकामा एक सय ७९, मकालु गाउँपालिकामा एक सय ४४ र सभापोखरी गाउँपालिकामा एक सय ६३ घरमा जस्तापाता लगाइनेछ । 

यसका लागि निवेदन दिन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ । उनीहरूले वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । केही वडामा निवेदन संकलन कार्य सकिएको छ भने केहीमा चलिरहेको छ । खाँदबारी नगरपालिका–४ का वडाध्यक्ष सजित राईले तीन सयको हाराहारीमा निवेदन आउने आकलन गरिएको बताए । त्यसैगरी, खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष श्याम निरौलाले आफ्नो वडामा खरको छानोसम्बन्धी माग गरिएको निवेदन संकलन गर्ने काम सकिएको बताए ।

फुसको छानो हटाएर जस्तापाता फेर्न प्रतिघर ५० हजार रुपैयाँ संघीय सरकारले अनुदान रकम उपलब्ध गराउनेछ । सेवाग्राहीले पहिलो किस्तास्वरूप ३० हजार रुपैयाँ उपलब्ध गराइनेछ भने बाँकी रहेको २० हजार रुपैयाँ घर निर्माणका लागि जस्तापाता खरिद गरेको बिल भरपाई पेस गरिसकेपछि दिइनेछ । सहरी विकास मन्त्रालयले करिब एक अर्बबराबरको बजेटबाट देशभर २० हजार घरधुरीलाई सुरक्षित आवास उपलब्ध गराउने भएको छ । 

ad
ad