१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाै‌
२o८१ बैशाख ३० आइतबार १२:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तिहारअघि नै सयपत्री फुलेपछि किसान चिन्तित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४७:oo

काठमाडौं आसपासका क्षेत्रमा यतिवेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दसैँ र तिहार करिब एक महिना पछाडि सरेको छ । किसानले तिहारका लागि भन्दै फूल खेती गर्दै आएका छन् । तर, यसपटक फूल फुल्ने समयभन्दा तिहार पछाडि छ । जसका कारण तिहार आइपुग्दासम्म सयपत्री फूल सुकिसक्ने देखिएको छ । 

फूलको माग हुने समयमा फूल फुलेर पनि सुकिसक्ने भएपछि किसान चिन्तित देखिएका छन् । दसैँको समयमा फूल प्रयोग र बिक्री कम हुन्छ । काठमाडौं इचंगुनारायण क्षेत्रका किसानले वर्षौँदेखि फूल खेती गर्दै आएका छन् ।

यस क्षेत्रका किसानले तिहारलक्षित गरेर उत्पादन गरेको फूल यस वर्ष त्यसै खेर जाने भएको छ । दसैँमा फूलको प्रयोग कम हुने र तिहारसम्म यो फूल रहन नसक्ने भएपछि किसानको आम्दानीसमेत घट्ने भएको छ । अहिले फूल ढकमक्क फुलिसकेको छ र बढीमा एक हप्तासम्म मात्र बोटमा रहन सक्छ । 

टिपिसकेको फूल बढीमा तीन दिन मात्र रहन सक्छ । फूलबाट हुने आम्दानी घटेपछि तिहार कसरी मनाउने भन्ने अप्ठेरो पनि किसानलाई परेको छ । इचंगु क्षेत्रका किसानले फूलको माला, फूलको गुच्छा र थुँगा बिक्री गर्दै आएका छन् । अघिल्लो वर्ष एक गुच्छा फूलको १५ रुपैयाँको दरले बिक्री गरेका किसानले यो वर्ष पाँछ रुपैयाँले बेच्छु भन्दा पनि ग्राहक पाउन नसकेको गुनासो गरे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ । यसबाहेक काठमाडौंका साना–ठूला मन्दिरमा चाडपर्वबाहेक दिनहुँ हुने नित्य पूजा र दर्शनार्थीले प्रयोग गर्ने फूल उपत्यकाको काँठ क्षेत्रबाट आउँछ । तर, यस वर्ष कोरोना संक्रमणका कारण अधिकांश मठमन्दिर दर्शनार्थीका लागि बन्द हुँदा पनि फूलको व्यापारमा असर परेको छ । 

इचंगु क्षेत्रसँगै काठमाडौंको दक्षिणकाली छैमले क्षेत्रबाट पनि फूल आउने गर्दछ । यस क्षेत्रको किसानको वैकल्पिक आयको स्रोत पनि फूल नै हो । किसानले सयपत्री, मखमली र गोदावरी फूल उत्पादन गर्दै आएका छन् । व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान पनि फूल बिक्री नभएपछि चिन्तित छन् ।

ad
ad