मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेगा बैंकको ‘तीनमा तीन सय’ रुपैयाँ दक्षिणा योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक ५ बुधबार ०५:५८:००

मेगा बैंकले दसैँको अवसर पारेर त्यस समयमा दक्षिणा दिनेलाई पनि रकम प्रदान गर्ने अफर ल्याएको छ । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने अफर ल्याएको हो । त्यसका लागि मेगा बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकका तीनवटा खातामा दक्षिणास्वरूप रकम पठाउनुपर्ने बैंकले जनाएको छ ।

दक्षिणाबापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ ‘क्यासब्याक’को व्यवस्था गरिएको जनाइएको छ । रकम पठाउँदा विवरणमा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ ।

दसैँको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरूले तीनवटा खातामा न्यूनतम ५ सय रुपैयाँ दक्षिणास्वरूप रकमान्तर गर्नुपर्ने बैंकले जनाएको छ ।