१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रमेश रावल वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार १२:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कर्णालीकै ठूलो खानेपानी आयोजना सम्पन्न

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:१३:oo

कालिकोटको नरहरिनाथ गाउँपालिका– ९ लालुमा कर्णाली प्रदेशकै ठूलो सामुदायिक रानीरहडा खानेपानी आयोजना सञ्चालनमा आएको छ । ‘एक घर एक खानेपानी धारा’अन्तर्गत तीन सय ८२ घरमा खानेपानीको पहुँच पुगेको हो । 

हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरुन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार सात सय ९७ रुपैयाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ । 

जसमा हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको एक करोड लगानी र बाँकी स्थानीयको श्रमदानमा खानेपानी आयोजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘तीन सय ८२ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ,’ उनले भने, ‘पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीकाे समस्या समाधान भएको छ ।’

डोकोमा बोकेर १ घन्टाको पैदल यात्रा गरी खानेपानीको जोहो गर्नुपर्ने स्थानीयको बाध्यता पनि सदाका लागि अन्त्य भएको गाउँपालिकाका अध्यक्ष विष्टले बताए । ‘तत्काल तीन सय ८२ धारा सञ्चालनमा आइसकेको र बाँकी दुई सय ५० घरधुरीमा धाराहरू जडान गर्न सर्वेक्षण भइरहेको छ,’ उनले भने, ‘बाँकी घरधुरीमा चाँडै नै खानेपानीको पहुँच विस्तार गरिनेछ।’

कर्णाली प्रदेशकै सबैभन्दा ठूलो सामुदायिक खानेपानी आयोजना भएको साझेदार संस्था हुरुन्डेक नेपालका अध्यक्ष जजराज शाही बताए । खानेपानी आयोजना सञ्चालनमा आएसँगै नरहरिनाथ गाउँपालिका–९ का भाटगाउँ, गानेचौर, खाटेपडा, श्रीकोट र कोटबाडालगायतका बस्तीहरू प्रत्यक्ष लाभान्वित भएका छन् ।
 

ad
ad