१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतमको मुद्दामा दसैँपछि मात्र सुनुवाइको सम्भावना

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:२९:oo

सर्वाेच्च अदालतमा विचाराधीन राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतासम्बन्धी मुद्दा बुधबारको पेशी सूचीबाट हटाइएको छ । 

सर्वोच्च प्रशासनका अनुसार कोरोना संक्रमणको जोखिमका कारण संवैधानिक इजलास स्थगित भएको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको वामदेवको योग्यतासम्बन्धी मुद्दा असोज १२ बाट सर्वोच्चको संवैधानिक इजलासमा सरेको थियो । 

‘संवैधानिकमा पाँचजना न्यायाधीश बस्नैपर्ने हुन्छ । मुद्दामा धेरैजना वकिल संलग्न हुनुहुन्छ,’ सर्वोच्चका एक अधिकारीले भने, ‘अब सम्भवतः यो मुद्दामा दसैँपछि मात्र सुनुवाइको सम्भावना छ ।’

संवैधानिक इजलास सातामा दुई दिन बुधबार र शुक्रबार मात्र बस्ने गर्छ । तर, कोरोनाका कारण सर्वोच्चका १९ मध्ये धेरैजसो न्यायाधीश दैनिक उपस्थित नभइरहेकाले संवैधानिक इजलास शुक्रबार पनि नबस्ने सर्वोच्चका कर्मचारी बताउँछन् । 

दसैँ सुरु भएसँगै घटस्थापनादेखि पूर्णिमासम्म १५ दिन अदालत बन्द रहने भएकाले त्यसपछि मात्र सुनुवाइको सम्भावना रहेको ती अधिकारीले बताए । 

यसअघि उनको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो । असोज १४ र १६ मा यस मुद्दाको पेशी राखिए पनि हालसम्म दुवै पक्षका कानुन व्यवसायीकाे बहस सकिएको छैन । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका साथै न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले यो मुद्दा हेरिरहेको छ । 

वामदेवलाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्नु संविधानको मर्मविपरीत रहेकाले उक्त निर्णय बदर हुनुपर्ने र मन्त्रिपरिषदमा समावेश गराउने चर्चा चलिरहेकाले सो कार्य नगर्न सरकारका नाममा परमादेश माग गर्दै असोज ५ मा रिट दायर भएको थियो । 
 

ad
ad