१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार २o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

६ वर्षीया बालिका बलात्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार २o:४६:oo

मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिकाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १९ असोजमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको हो । पीडित बालिकाको परिवारले १९ असोजमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । खेलिरहेको अवस्थाबाट बालिकालाई फकाएर जबर्जस्ती करणी गरेको भन्दै परिवारले जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । जाहेरी दिएको आधारमा बालकलाई तत्काल पक्राउ गरिएको रानाको भनाइ छ ।

आरोपित बालकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको रानाले बताए । 
 

ad
ad