१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १६ शुक्रबार ०८:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

डा. भोला रिजालको ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक 

Read Time : < 1 मिनेट
२०७७ असोज १६ शुक्रबार ०८:४६:००

वरिष्ठ चिकित्सक तथा गायक भोला रिजालले कोरोना महामारीको वेला समग्र स्वास्थ्यकर्मीको सम्मानमा ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेका छन् । रिजालले देशभरका स्वास्थ्यकर्मीको सम्मानमा उक्त गीत सार्वजनिक गरेको बताए । 

‘कोरोना महामारीसँगको यो लडाइँमा स्वास्थ्यकर्मी अहोरात्र खटिएका छन्,’ उनले भने, ‘यस्तो वेला सबैलाई सम्मान र हौसला आवश्यक पर्छ । त्यसैले मैले उहाँहरूको मनोबललाई थप ऊर्जा दिन ‘सलाम छ स्वास्थ्यकर्मी’ बोलको गीत सार्वजनिक गरेको हुँ ।’ 

स्वास्थ्यकर्मीले यो महामारीमा देखाएको त्याग र तपस्यालाई रिजालले गीतको बोलमार्फत समावेश गरेका छन् । सरकारी तथ्यांकअनुसार देशभर हाल आठ सय स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भएका छन् । 

कोरोना भाइरस संक्रमणका कारण देशमा दुई स्वास्थ्यकर्मीको निधन भएको छ । बिहीबार मात्रै भेरी अस्पतालमा उपचारका क्रममा एक वरिष्ठ चिकित्सकको निधन भएको छ । अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोरोना संक्रमणका कारण निधन भएपछि यतिवेला समग्र चिकित्सा जगत शोकमा परेको छ । 

डा. रिजालले उनको निधनले चिकित्सा क्षेत्रमा ठूलो धक्का लागेको बताए । आफ्नो ज्यान बलिदान गरेर पनि देशलाई जोगाउन लागेका स्वास्थ्यकर्मीप्रति सबैले सम्मान गर्नुपर्ने रिजालको भनाइ छ । शिव परियार र मेलिना राईको स्वर रहेको उक्त गीतमा  डा. लोचन कार्की, पूर्वप्रधानसेनापति रुकमांगद कटवाल, दीपकराज गिरी, दीपाश्री लगायतकाे अभिनय रहेको छ ।