१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अठार वर्षदेखि फरार अभियुक्त पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo

अठार वर्षदेखि फरार कञ्चनपुरका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत कञ्चनपुरले जबर्जस्ती करणी मुद्दामा ६ वर्ष कैद फैसला तोकेका पुनर्वास नगरपालिका– ३ का जोगी धामीलाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमरबहादुर थापाले अपराध गरी लुकिछिपी बसेका धामीलाई गाउँबाटै पक्राउ गरिएको बताए । प्रवक्ता थापाका अनुसार जबर्जस्ती करणी उद्योगमा धामीलाई अदालतले ०५९ सालमा ६ वर्ष कैद फैसला गरेको थियो । तर, अभियुक्त फरार भई कैद भुक्तानी गरेका थिएनन् । यस्तै जबर्जस्ती करणी मुद्दामा पाँच वर्षदेखि फरार रहेका बेलौरी नगरपालिका– २ का ज्ञानसिंह रानालाई समेत पक्राउ गरिएको छ । 

०७३ सालमा रानालाई जबर्जस्ती करणी उद्योग मुद्दामा अदालतले दुई वर्ष ६ महिना कैद भुक्तानी गर्न फैसला गरेको थियो । दुवैजनाले कैद भुक्तानी नगरेकाले अपराध गरी फरार भएका र लुकिछिपी घरमै बसेका राना र धामीलाई बुधबार पक्राउ गरी कारागार चलान गरिएको छ । 

ad
ad